२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धर्मलाई पर्यटनसँग जोडेर अगाडि बढ्नुपर्छ : मुख्यमन्त्री पोखरेल

अ+ अ-

दमौली । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले धर्मलाई पर्यटनसँग जोडेर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । तनहुँको भानु नगरपालिका–१३, चन्द्रावतीस्थित प्राचीन एवं ऐतिहासिक नैनेश्वर महादेव मन्दिरको भौतिक पूर्वाधार निर्माणका लागि रकम सङ्कलन गर्ने उद्देश्यसहित आजदेखि शुरु महायज्ञको उद्घाटन कार्यक्रममा उनले धार्मिकस्थलको प्रवद्र्धनका लागि सरकार प्रतिबद्ध रहेको बताए ।

धार्मिक महत्व बोकेका ठाउँलाई पर्यटकीय गन्तव्य बनाउने हिसाबले कार्ययोजना बनाउनुपर्ने चर्चा गर्दै मुख्यमन्त्री पोखरेलले भने, ‘नैनेश्वर महादेव मन्दिरको धार्मिक आस्था त छँदैछ, पुरातात्विक महत्व पनि छ, तर यसलाई पर्यटनसँग गाँसेर अगाडि बढाउनुपर्छ ।’ उनले यस ठाउँको विकासका लागि प्रदेश सरकारले पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

पछिल्लो समय गण्डकी प्रदेश बाढीपहिराबाट प्रभावित भएको चर्चा गर्दै उनले बाढीपहिराले अवरुद्ध भएका सडक दसैँअगाडि नै खुलाउन सम्बन्धित निकायलाई निर्देशन दिएको बताए । सरकार गठन हुँदा कोभिडका साथै बाढीपहिराको पनि चुनौती आएको भन्दै उनले विपद्बाट क्षति भएका संरचना पुनःनिर्माणका लागि प्रदेश सरकार गम्भीर रहेको बताए । आगामी बजेटमा छुटेका बहुवर्षीय योजनालाई समावेश गरिने बताउँदै मुख्यमन्त्री पोखरेलले त्यस्ता केही योजना भए प्रक्रियागतरूपमा आउन आग्रह गरे ।

करिब २०० वर्ष पुुरानो उक्त मन्दिर भग्नावशेष बन्दै गएकाले महायज्ञबाट सङ्कलित रकमले मन्दिरको पुनःनिर्माण गर्ने लक्ष्य राखिएको छ । नैनेश्वर महादेव मन्दिरको आयोजनामा सुरु महायज्ञ असोज २६ गतेसम्म सञ्चालन हुने र महायज्ञबाट करिब रु एक करोड दान सङ्कलनको अपेक्षा गरिएको महायज्ञ मूल समारोहका समितिका सचिव कुवेर खनालले जानकारी दिए ।

प्राचीन एवं ऐतिहासिक महत्व बोकेको सो मन्दिरलाई पर्यटकीय गन्तव्यका रुरूपमा विकास गर्ने योजना लिइएको छ । धार्मिक अनुष्ठान, पितृ मोक्ष महोत्सव तथा ज्ञान महायज्ञमा पण्डित कपिलदेव भट्टले कथावाचन गर्नेछन् । कार्यक्रम अवधिभर सामूहिक पितृ तर्पण, अन्नदान, भूमिदान, ब्राह्मण भोजन र पितृको फोटो राखी पूजा गर्न सकिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस