२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोना महामारीका कारण चीनबाट फर्केका एमबीबीएसका विध्यार्थीले नेपालमै इन्टर्नसिप गर्न पाउने

अ+ अ-

काठमाडौँ । सरकारले विदेशमा चिकित्सा शिक्षा अध्ययन गरेका विद्यार्थीले नेपालमै प्रयोगात्मक अभ्यास (इन्टर्नसिप)गर्न पाउने व्यवस्था गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सूचना जारी गर्दै विदेशमा अध्ययन गरी कोभिड–१९ का कारण प्रयोगात्मक अभ्यास पूरा नगरेका विद्यार्थीहरुले नेपालमै प्रयोगात्मक अभ्यास पूरा गर्न पाउने जनाएको हो ।

कोरोना महामारीका बेला चीनबाट नेपाल फर्केका र फेरि चीन जान नपाएका एमबीबीएस अध्ययनरत विद्यार्थीले नेपालमै इन्टर्नसिप गर्न पाउनुपर्ने माग गर्दै आन्दोलन गर्दै आएका थिए ।

सम्बन्धित समाचार : चिकित्सा शिक्षा आयोगमा चीनमा अध्ययनरत विद्यार्थीको धर्ना

विदेशी विश्वविद्यालयमा अध्ययन गरेका तर महामारीका कारण इन्टर्नसिप गर्न जान नपाएका विद्यार्थीको विषयमा कार्यविधिबारे सुझाव दिन गठित कार्यदलको असोज ६ गतेको सिफारिस अनुसार आवश्यक प्रक्रिया पूरा गरेर इन्टर्नसिप गर्ने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ ।

उक्त कार्यदलले सन् २०१५ ब्याचमा भर्ना भई सैद्धान्तिक पढाइ पूरा गरेकाले मात्र इन्टर्नसिप गर्न पाउने निर्णय गरेको छ ।

चिकित्सा शिक्षा आयोग तथा सम्बन्धित निकायहरुबाट मन्त्रालयमार्फत आवश्यक विवरण संकलन गर्ने भनी सिफारिस प्राप्त भए अनुसार विदेशमा चिकित्सा शिक्षा अध्ययनरत तर कोभिड–१९ का कारण प्रयोगात्मक अभ्यास पूरा नभएका इच्छुक विद्यार्थीलाई अनलाइन आवेदन दिन पनि मन्त्रालयले भनेको छ ।

विद्यार्थीहरुले असोज १२ देखि असोज २२ गतेसम्म आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस