राजनीतिक दलसम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष खारेजका लागि सिफारिस « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

राजनीतिक दलसम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष खारेजका लागि सिफारिस


११ आश्विन २०७८, सोमबार


काठमाडौँ । सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजीका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको एक मन्त्रीले बताए । 

देउवा सरकारले संसदीय दल वा केन्द्रीय कमिटीको २० प्रतिशत पुर्‍याएर राजनीतिक दलसम्बन्धी अध्यादेश १ भदौमा सिफारिस गरेसँगै २ गते राष्ट्रपतिले अध्यादेश जारी गरे लगत्तै नेकपा एमाले फुटेर माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी फुटेर महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी दर्ता भएको थियो ।

पछिल्लो पटक सर्वोच्च अदालतले अध्यादेश र त्यसका आधारमा भएका कामकारबाही रद्द गर्न माग गर्दै परेको रिटमा अन्तरिम आदेश नदिएपछि अध्यादेश फिर्ताका लागि एकीकृत समाजवादी नेताहरू सहमत भएका थिए । यससँगै अब मन्त्रालय भागबन्डा टुङ्ग्याएर पर्सिसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारी सत्तारुढ गठबन्धनको तयारी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस