२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चितवनका सात पालिकामा काँग्रेसको नयाँ नेतृत्व

अ+ अ-

चितवन । नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत यहाँका सात पालिकामा अधिवेशन सम्पन्न भएको छ । असोज ९ र १० गते सम्पन्न पालिका अधिवेशनले अधिकांश नयाँ अनुहारलाई पालिकाको नेतृत्वमा जिम्मेवारी दिएको छ ।

आइतबार राति सम्पन्न भरतपुर महानगरपालिकाको अधिवेशनले चित्रसेन अधिकारीको सभापतित्वमा नयाँ कार्यसमिति चयन गरेको छ । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी भरत अधिकारीलाई १०३ मतले पराजित गरेका हुन् । चित्रसेनले ६४९ मत ल्याउँदा भरतले ५४६ मत ल्याएका छन् ।

यस्तै महानगरको उपसभापतिमा बुद्धिकान्त न्यौपाने र विजय घले विजयी भएका छन् । उनीहरुले क्रमशः ६६१ र ५५६ मत ल्याई विजयी भएका हुन् । सचिवमा कृष्ण बगाले र प्रनिसा गुरुङ विजयी भएका छन् । उनीहरुले क्रमशः ४५६ र ५६४ मत ल्याएका थिए ।

सहसचिवमा उपेन्द्र पण्डित र कल्पना खड्का पौडेल विजयी भएका छन् । उनीहरुले क्रमशः ५१३ र ४२० मत ल्याएर विजयी बनेका हुन् । रत्ननगर नगरपालिकाको काँग्रेस सभापतिमा प्रह्लाद सापकोटा विजयी बनेका छन् ।उनले आफ्ना निकटतम प्रतिस्पर्धी रुपनराज घिमिरेलाई ७८ मत अन्तरले पराजित गरेका हुन् । सापकोटाले २४६ मत ल्याउँदा घिमिरेले १६७ मत प्राप्त गरे । उपसभापति अपिल अधिकारी र कमला अधिकारी, सचिवमा अनिता अधिकारी र तीर्थराज सुवेदी, सहसचिवमा अमृत मल्ल र रामचन्द्र पौडेल विजयी भक्एा छन् ।

पूर्वी चितवनको कालिका नगरपालिकामा दिपेश्वर केसी विजयी भएका छन् । केसीले आफ्ना निकटतम् प्रतिस्पर्धी लीलाबहादुर गुरुङलाई १० मत अन्तरले पराजित गरेका हुन् । उनले ११२ मत ल्याउँदा उनका प्रतिस्पर्धी लीलाबहादुर गुरुङले १०२ मत प्राप्त गरेका छन् ।

यस्तै उपसभापतिमा चेतबहादुर गुरुङ र जेएन महतो विजयी भएका छन् । सचिवमा राजन रेग्मी र फडिन्द्र लामिछाने, सहसचिवमा योजना न्यौपाने अधिकारी र विश्वास अर्याल विजयी भएका छन् । राप्ती नगरपालिकामा भएको निर्वाचनमा देवेन्द्र लामा विजयी भएका छन् । उनले आफ्ना प्रतिस्पर्धीलाई ४० मत अन्तरले पराजित गरेका हुन् । लामाले १२७ मत ल्याउँदा उनको प्रतिस्पर्धी नारायण उप्रेतीले ८७ मत ल्याएका छन् । राप्तीको उपसभापतिमा अनिता खरेल र कृष्णप्रसाद पाण्डे विजयी भएका छन् । सचिवमा राजकुमार सिलवाल र लक्ष्मी कँडेल विजयी भएका छन् । सहसचिवमा मनोज तामाङ र तारामाया प्रजा विजयी भएका छन् ।
खैरहनी नगरसभापतिमा गुणराज श्रेष्ठ विजयी भएका छन् । मत परिणामअनुसार उनको प्रतिस्पर्धी शशी खनियाँलाई पराजीत गर्दै श्रेष्ठ विजयी भएका हुन् । श्रेष्ठले १४५ मत ल्याएर विजयी हुँदै गर्दा खनियाँले १४२ मत ल्याएका छन् ।

माडी नगरपालिकामा पुनःकोमलनाथ भुसालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनमा भुसालले आफ्ना निकटतम प्रतिस्पर्धी खेम महतोलाई तीन मत अन्तरले पराजित गरेका हुन् । माडीको उपसभापतिमा गणेश पौडेल र मायाराम अधिकारी, सचिवमा अपिल अधिकारी र लोकनाथ लामिछाने, सहसचिवमा इन्द्र चापागाईं र दिक्षा भट्टराई विजयी भएका छन् ।

जिल्लाको एकमात्रै गाउँपालिका इच्छाकामनाको सभापतिमा कृतिकुमार श्रेष्ठ विजयी भएका छन् । प्रतिद्वन्द्वी विष्णुकुमार कुँवरलाई चार मतान्तरले पराजीत गर्दै श्रेष्ठ विजयी भएका हुन् । कूल मतमध्ये ६६ मत प्राप्त गर्दै श्रेष्ठ विजयी भएका हुन् । कुँवरले ६२ मत प्राप्त गरेका छन् ।

उपसभापतिमा देवलाल गुरुङ र दिपक खनाल, सचिवमा तुलबहादुर गुरुङ र हिरा गुरुङ, सहसचिवमा उत्तमकुमार गुरुङ र सुधीर अधिकारी निर्वाचत भएका छन् । जिल्लाका सातै पालिकामा मतदानद्वारा नेतृत्व चयन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस