काठमाडौँ । लोक सेवा आयोगले खरिदार, विद्यालय निरीक्षक र पाठ्यक्रम अधिकृतको लिखित परीक्षा स्थगित गरेको छ ।
आयोगले बिहीबार एक सूचना प्रकाशित गर्दै अदालतको आदेश कार्यान्वयन गर्ने सिलसिलामा पूर्व निर्धारित कार्यक्रम अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित भएको जनाएको हो ।
