१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खाद्य कम्पनीको प्रादेशिक गोदाम सिल

अ+ अ-

कर्णाली । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कर्णाली पठाएको चामलको गुणस्तरमा प्रश्न उठेपछि सिल गरिएको छ ।

खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण डिभिजन कार्यालयले हिजो (बुधबार) कम्पनीको प्रादेशिक गोदाममा रहेको झन्डै दुई हजार क्विन्टल चामल सिल गरेको हो ।

कार्यालयले जिल्ला प्रशासन, प्रहरी प्रतिनिधिका साथै उपभोक्ता अधिकारकर्मीको रोहबरमा नमुना सङ्कलन गरेको छ । डिभिजन कार्यालयका प्रमुख खाद्य निरीक्षक भेषबहादुर थापाले सङ्कलित नमुना प्रयोगशाला पठाइने जानकारी दिए।

प्रयोगशालाबाट परीक्षण रिपोर्ट नआउन्जेल कम्पनीलाई उक्त चामल बिक्री वितरणमा रोक लगाइएको छ । कम्पनीको केन्द्रीय गोदामबाट कर्णाली प्रदेशका लागि पठाएकोमध्ये हाल मौज्दात एक हजार ९७५ क्विन्टल बासमती चामल सिल गरिएको हो ।

सिल गरिएको चामलको प्याकिङ २०७८ वैशाख २२ गते उल्लेख छ । प्याकिङ मितिको दुई वर्षसम्म चामल खानयोग्य मानिन्छ । म्याद गुज्रेको, कुहिएको चामल कर्णाली पठाएको भन्ने चर्चा चलेपछि खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण डिभिजन कार्यालय सुर्खेतले हिजो (बुधबार) अनुगमन गरेको हो ।

खाद्य निरीक्षक थापाले यसअघि खाद्य प्रविधि विभागले ‘खान अयोग्य’ भनी सिफारिस गरेको चामल नष्ट गरिएको हो वा होइन भन्नेबारे विभागले नै छानबिन गर्ने बताए। ‘हामीले नमुना सङ्कलन गरी केन्द्रीय प्रयोगशालामा पठाउने हो, प्रयोगशालाले गुणस्तरबारे रिपोर्ट दिएपछि मात्रै गुणस्तरबारे थाहा हुन्छ’, उनले भने, ‘यदि विभागले नष्ट गर्नु भनेकै चामल खाद्य कम्पनीले यहाँ पठाएको हो कि होइन छानबिनबाट पनि पत्ता लाग्छ ।’

प्रतिक्रिया दिनुहोस