अस्ट्रेलियाको मेलबर्न सहरमा लकडाउन हटाइँदै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अस्ट्रेलियाको मेलबर्न सहरमा लकडाउन हटाइँदै


४ आश्विन २०७८, सोमबार


मेलबर्न । सरकारी लक्ष्यअनुसारको खोप कार्यक्रम अन्तर्गतको रोडम्याप पूरा भएमा अस्ट्रेलियाको दोस्रो ठुलो सहर मेलबर्नमा अक्टोबरको अन्त्यमा कोरोना भाइरसको कारण भएको लकडाउनको अन्त्य हुने बताइएको छ ।

मेलबर्न सहरमा करिब ५० लाख मानिस गत अगस्ट ५ देखि घरमै बस्न आदेश दिइएको थियो । कोरोना महामारीको क्रममा मेलबर्न सहरमा यो छैठौँ पटकको लकडाउन हो ।

मेलबर्न पनि सामेल रहेको भिक्टोरिया राज्यका अधिकारी लकडाउन हटाइने घोषणा गरेका जनाइएको छ ।

लकडाउन समाप्त हुनेछ अत्यावश्यक कामका लागी तपाईँको घर छोड्न पाउने र कर्फ्यु अब रहने छैन, केही प्रतिबन्ध भने बाँकी रहने छ, मेलबर्नका एक स्वास्थ्य अधिकारीले बताएका छन् ।

लकडाउन समाप्त हुने र सीमित कारणका लागि घर छोड्नुपर्ने र कर्फ्युको अवस्था अब नरहने पनि ती अधिकारीले जनाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस