जिसस सदस्यको निधनमा सार्वजनिक बिदा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

जिसस सदस्यको निधनमा सार्वजनिक बिदा


३१ भाद्र २०७८, बिहिबार


कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकामा आज (बिहीबार) जिल्ला समन्वय समिति सदस्यको निधनमा सार्वजनिक बिदा दिने निर्णय गरिएको छ ।

नगरपालिकाको वडा नं ५ बाट वडा सदस्य पदमा निर्वाचित भई जिल्ला समन्वय सदस्य बनेका बलराम पन्तको निधनमा दुःख व्यक्त गर्दै कार्यपालिकाको बैठकले बिदा दिने निर्णय गरेको हो ।

नगरपालिका मातहतका कार्यालय र शैक्षिक संस्थामा शोक दिवस मनाउने प्रयोजनका लागि बिदा दिने निर्णय गरिएको नगर प्रमुख दिलबहादुर ऐरले बताए ।

पन्तको ६२ वर्षको उमेरमा शुक्लाफाँटा–५ गर्जमुनिस्थित आफ्नै निवासमा मङ्गलबार राति निधन भएको हो । उनी लामो समयदेखि क्यान्सर रोगबाट पीडित रहँदै आएका थिए ।

पन्त विसं २०५४ सालको स्थानीय निकायको निर्वाचनमा तत्कालीन पिपलाडी गाउँपालिकाको वडा नं ९ का वडाध्यक्षमा समेत निर्वाचित भएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस