२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लोकतान्त्रिक मूल्य मान्यताका लागि लडिरहन्छुः वरिष्ठ नेता पौडेल

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतान्त्रिक मूल्य मान्यताको रक्षाका लागि आफू मैदानबाट लडिरहने बताएका छन् । काँग्रेस जिल्ला कार्य समिति सिन्धुपाल्चोकले आज चाबहिलमा आयोजना गरेको १४ औँ महाधिवेशनमा नीति र नेतृत्व विषयक विचार विशेष कार्यक्रममा उनले पूर्वसभापति गिरिजाप्रसाद कोइरालाले पहिलो राष्ट्रपति बन्न प्रस्ताव गर्दा लोकतन्त्रमाथिको खतरा अन्त्य नभएकाले आफू अझै मैदानबाट लड्ने वचन दिएको जानकारी गराए ।

‘नेताबाटै लोकतन्त्रमाथि खतरा छ, जनता नेताको अन्धभक्त भए भने लोकतन्त्रका लागि दुर्भाग्य हुन्छ, मैले लोकतान्त्रिक मूल्य मान्यताको रक्षाका लागि पछिल्लो आन्दोलन गृह जिल्ला तनहुँस्थित दमौली पुलबाट शुरु गरेको छु, लोकतान्त्रीकरण नभएसम्म यो अभियान जारी रहन्छ’, उनले भने ।

पार्टीलाई अझै लोकतान्त्रीकरण गर्ने अभियानमा आफू लागेको उल्लेख गर्दै उनले आन्तरिक लोकतन्त्र फस्टाउन कमजोर पार्टीको बलियो नेता हुने प्रवृत्ति अन्त्य गरिनुपर्ने बताए । कमजोर पार्टीको बलियो नेता भए तानाशाह जन्मने भएकाले यसमा कार्यकर्ता पनि चनाखो हुनुपर्नेमा नेता पौडेलको जोड थियो ।

‘पार्टीको १४ औँ महाधिवेशनका क्रममा क्रियाशील सदस्यता वितरणमा धाँधली गरिएको छ, दादागिरी गरेर निष्ठावान् कार्यकर्तालाई पन्छाउन खोजिएको छ, डडेल्धुरामा पार्टी जिल्ला समितिलाई एकातिर राखेर प्रहरी प्रशासनको बलमा वडा अधिवेशन गरिएको छ, यो पार्टीका लागि दुर्भाग्य नबनोस्’, उनले भने ।

आगामी महाधिवेशनले पार्टीलाई लोकतान्त्रीकरण गरेर रुपान्तरण गर्न नेता तथा कार्यकर्ताको भूमिका महत्वपूर्ण हुने नेता पौडेलले बताए । कार्यक्रममा सिन्धुपाल्चोक काँग्रेसका उपसभापति शिव सुनार, सचिव बिलबहादुर तामाङ, नेता देवप्रसाद बानियाँलगायतले पार्टीको लोकतान्त्रीकरण गर्न १४ औँ महाधिवेशनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस