२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वरोजगार हुन चाहनेलाई बिनाधितो ६७ लाख सहुलियत कर्जा

अ+ अ-

कञ्चनपुर । भीमदत्त नगरपालिकाले स्वरोजगारमा संलग्न हुन चाहने १४ युवालाई मेयर उद्यमशीलता कार्यक्रमअन्तर्गत बिनाधितो तथा बिना व्याज सहुलियतपूर्ण कर्जा उपलब्ध गराएको छ । भीमदत्त नगरपालिका र नेपाल बैंक लिमिटेड महेन्द्रनगर शाखाको सहकार्यमा युवाले सञ्चालन गर्ने व्यवसाय प्रवद्र्धनमा सहयोग पुर्‍याउने उद्देश्यका साथ सहुलियतपूर्ण कर्जा उपलब्ध गराइएको हो ।

प्रतिउद्यमी रु पाँच लाखका दरले कर्जाको रकम उपलब्ध गराइएको छ । पहिलो चरणमा छनोट भएको १४ जनालाई आज नगरप्रमुख सुरेन्द्र बिष्टले चेक हस्तान्तरण गरे । कार्यक्रमअन्तर्गत नगरपालिकाको सिफारिसमा बैंकले व्यावसायिक कृषि तथा पशुपन्छी, शिक्षित युवा स्वरोजगार, विदेशबाट फर्केका युवा परियोजना, महिला उद्यमी र दलित सुमदाय व्यवसाय विकासका लागि कर्जाको रकम उपलब्ध गराइएको छ ।

बैंकले पहिलो चरणअन्तर्गत रु ६७ लाख ४० हजार कर्जा लगानी गरेको बैंकका शाखाप्रमुख महेशराज जोशीले बताए । उनका अनुसार बैकले दीपेश केरा फार्मलाई रु दुई लाख ५० हजार, रोजी पोल्ट्री फार्मलाई रु चार लाख ९० हजार र अन्य व्यावसायिक फार्मलाई पाँच/पाँच लाखका दरले कर्जा उपलब्ध गराएको छ । युवालाई स्वरोजगार बनाउने र व्यवसाय प्रवद्र्धन गर्न कर्जा लगानी गरिएको छ । नगरपालिकाको सिफारिसमा बैंकले बिनाधितो बिना व्याजमा कर्जा लगानी गरिएका उद्यमीलाई कर्जा दिने र नगरपालिकाले उद्यमीको व्याज तिरिदिने सम्झौता गरिएको छ ।

गत वर्ष बैंक र नगरपालिकाबीच मेयर उद्यमशीलता विकास कार्यक्रमअन्तर्गत ऋण प्रभाव तथा व्याज अनुदानसम्बन्धी सम्झौता भएको थियो । उद्यमी युवालाई कर्जा रकमको चेक हस्तान्तरण गर्नुहुँदै भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टले स्वरोजगार सिर्जना गर्न र उद्यमशीलताका विकासका लागि कार्यक्रम सञ्चालन गरिएको बताए ।

‘सीप भएका र केही गर्ने इच्छा भएका युवाले पूँजी अभावमा बेरोजगार बस्नुपर्ने अवस्था छ,’ नगरप्रमुख विष्टले भने, ‘नगरपालिकाले व्यवसाय सुरुआतसँगै त्यसको प्रवद्र्धनका लागि लगानीस्वरुप ऋणमा व्याज अनुदान सहयोग गरेको छ ।’ सबैलाई उत्पादनसँग जोड्न सके नगर समृद्धिमा अगाडि बढ्ने उनको भनाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस