भरतपुर आन्तरिक राजस्व कार्यालयमा उठेन ५० करोड बक्यौता « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

भरतपुर आन्तरिक राजस्व कार्यालयमा उठेन ५० करोड बक्यौता


२३ भाद्र २०७८, बुधबार


चितवन । आन्तरिक राजस्व कार्यालय भरतपुरमा रु ५० करोड हाराहारी बक्यौता उठ्न सकेको छैन । मूल्य अभिवद्धि कर र आयकर गरी रु ४९ करोड ६५ लाख बक्यौता उठ्न बाँकी रहेको हो ।

कार्यालयले दिएको जानकारीअनुसार मूल्य अभिवृद्धि करतर्फ रु २५ करोड ८१ लाख र आयकरतर्फ रु २३ करोड ८३ लाख बक्यौता रहेको छ । मूल्य अभिवृद्धिकरतर्फ तीन जना करदाताको रु एक करोडभन्दा बढी बक्यौता छ ।

मूल्य अभिवृद्धि करतर्फ सी डब्लुएफ ग्लोबल जेभी, एनएन कोई विल्डर्स र इनाम आशिष जेभीको बक्यौता रु एक करोडभन्दा माथि छ । आयकरतर्फ एनएन कोई विल्डर्स र जिल्ला सहकारी सङ्घको बक्यौता रु एक करोडभन्दा माथि छ ।

Tags :
प्रतिक्रिया दिनुहोस