२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निजामती सेवा निष्पक्ष र परिमाणमुखी हुनुपर्छ : मुख्य सचिव बैरागी

अ+ अ-

काठमाडौँ । मुख्य सचिव शंकरदास बैरागीले निजामती सेवा निष्पक्ष र परिमाणमुखी हुनुपर्ने बताएका छन् । निजामती सेवा दिवसका अवसरमा मूल समारोह समितिद्वारा आज सिंहदरवारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सेवा प्रवाहमा देखिएको समस्यालाई पहिचान गरेर अगाडि बढ्न आग्रह गरे ।

‘हामीले खोजेको सुशासन हो । त्यो कसरी प्राप्त गर्नेमा कर्मचारी हुनुपर्दछ’, उनले भने, ‘कर्मचारीले कानूनले बन्देज गरेका काम गर्न हुँदैन ।’ मुख्य सचिव बैरागीले निजामती कर्मचारी आलोचित हुने गरेको जनाउँदै आलोचनालाई चिर्दै आफ्नो कामलाई सदाचारिता र इमान्दारिताका साथ गर्नुपर्ने भनाइ राखे ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव एकनारायण अर्यालले जनता र कर्मचारीबीच देखिएको खाडल हटाउनुपर्ने बताए । उनले निजामती सेवा ऐन कार्यान्वयन भएपछि सङ्घ, प्रदेश र स्थानीय तहको दरबन्दी पुनरावलोकन गरिने जानकारी दिनुभयो । उनका अनुसार अहिले एक लाख ३९ हजार १९८ दरबन्दी रहेकामा एक लाख नौ हजार ५०८ सेवारत छन् ।

निजामती कर्मचारीको सङ्गठन आधिकारिक ट्रेड युनियनका कार्यवहाक अध्यक्ष भोला पोखरेलले कर्मचारीलाई उत्प्रेरणा दिन खालका कार्यक्रम ल्याउन माग गरे । पूर्वकर्मचारी सेवा परिषद्का कार्यवाहक अध्यक्ष बालकृष्ण प्रसाईंले संविधानमा पूर्वराष्ट्रसेवक कर्मचारीको ज्ञान, क्षमतालाई उपयोग गर्ने भनेता पनि सरकारले अझै नगरेको गुनासो गरे ।

मुख्य सचिव बैरागीले सो अवसरमा विसं २०७६ र २०७७ मा घोषणा गरिएका निजामती सेवा पुरस्कार वितरण गरेका थिए । सरकारले प्रत्येक वर्ष एक जनालाई सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार, १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कार गर्दै आइरहेको छ । यस्तै निबन्ध र हाजिरी जवाफ प्रतियोगिताका प्रथम, द्वितीय र तृतीय हुनेलाई पुरस्कृत गरिएको थियो ।

सोही कार्यक्रममा यसवर्ष १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कार पाउने कर्मचारीको नाम घोषणा गरिएको थियो । यसवर्ष कोही पनि कर्मचारीले सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार पाउन सकेनन ।

सरकारले यसवर्ष दिवसको नारा ‘व्यावसायिक र सिर्जनशिल प्रशासन : विकास, समृद्धि र सुशासन’ भन्ने रहेको छ ।

प्रतिक्रिया दिनुहोस