२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोना बिमा रकम भुक्तानीका लागि मुद्दा दायर

अ+ अ-

मोरङ । नेपाल पत्रकार महासङ्घ मोरङले सम्झौताबमोजिम पत्रकारहरुको कोरोना बिमा रकम भुक्तानी नगरेकाले हिजो (सोमबार) उच्च अदालत विराटनगरमा मुद्दा दायर गरेको छ ।

महासङ्घका तर्फबाट सचिव नेत्रप्रसाद अधिकारीले ३१ जना पत्रकारहरुको बिमा भुक्तानी नभएकाले अदालतमा भुक्तानी रकम पाऊँ भनी रिट निवेदन दायर गरेका हुन् ।

विपक्षीले कानूनबमोजिम भुक्तानी दिनुपर्ने रकम रोकेर राखी निवेदकहरुको संवैधानिक एवं कानूनी हक अधिकारमा आघात पुर्‍याउने काम गरेकाले नेपालको संविधानको धारा १८ र बिमा ऐन, २०४९ को दफा ८ तथा कोरोना बिमा मापदण्ड, २०७७ को दफा ११, १६९३०, ९४० र ९५० बमोजिम बिमितहरुले बिमाङ्क रकम पाउने अधिकार हनन भएको रिट निवेदनमा उल्लेख गरिएको छ ।

मोरङ शाखा र अजोड इन्स्योरेन्स कम्पनीबीच द्विपक्षीय सम्झौता भई मोरङका २१० जना पत्रकार र उनीहरुका परिवारका सदस्यहरुको बिमा गरिएका मध्ये ५१ जना बिमितहरूमा कोरोना सङ्क्रमण भएकोमा २० जनाले मात्र बिमा दाबी भुक्तानी रकम प्राप्त गरेका छन् । बिमा रकम नपाएका ३१ जनाले दाबीको माग गरेको १० महिना बितिसक्दा पनि कम्पनीले भुक्तानी दिन नसक्ने बेहोराको पत्र पठाएको थियो ।

इन्स्योरेन्सले जारी गरेको बिमा लेख तोकिएको अवधिसम्म कुनै पनि हालतमा खारेज गर्न नसकिने, पीसीआर टेस्ट पोजेटिभ देखिएमा सङ्क्रमित व्यक्तिलाई रु एक लाखसम्मको दाबी भुक्तानी दिने, बिमितको मृत्यु भएमा इच्छाइएको व्यक्तिलाई भुक्तानी गर्ने र बिमितले रीतपूर्वक निवेदन दिएको सात दिनभित्र रकम भुक्तानी दिने सम्झौतामा उल्लेख गरिएको छ ।

कम्पनीले सात दिनभित्र भुक्तानी दिइसक्नुपर्ने रकम १० महिना बितिसक्दा पनि हालसम्म दिएको छैन । महासङ्घले बिमा रकम भुक्तानी नहुनुको कारण माग गर्दै पत्राचारसमेत गरेको थियो ।

कम्पनी नेपाल सरकारसँग रकम माग गरेको र सरकारले उपलब्ध गराएपछि मात्र भुक्तानी दिन सक्ने बेहोराको पत्र मोरङ शाखालाई जवाफ पठाएको थियो ।

रिट निवेदनमा अजोड इन्स्योरेन्ससँग बिमा सम्झौता गर्दा कोरोना मापदण्ड–२०७७ बमोजिम दाबी भुक्तानीका लागि बिमकलाई आदेश निर्देशन दिने तथा नेपाल सरकारसँग समन्वय गरिदिने जिम्मेवारी भएको बिमा समिति, सरकारको नीति एवं प्रतिबद्धताबमोजिम समयमा आवश्यक रकम बन्दोबस्त गरिदिने जिम्मेवारी भएको अर्थ मन्त्रालय र नेपाल सरकार मन्त्रिपरिषद्को कार्यालयसमेतलाई विपक्षी बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस