२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ललितपुरका नगर प्रहरीलाई नेपाल भाषाको प्रशिक्षण

अ+ अ-

ललितपुर । ललितपुर महानगरपालिकाले यहाँ कार्यरत नगर प्रहरीलाई नेपाल अर्थात् नेवारी भाषामा प्रशिक्षण दिन थालेको छ ।

महानगरपालिकामा धेरैजसो नेवारी समुदायको बसोबास रहँदा प्रहरीलाई काममा सो भाषाले सहजता तुल्याउन ठहर गरी दुई हप्ते प्रशिक्षण दिन सुरु गरिएको हो ।

नगर प्रहरी प्रमुख सीताराम हाछेथुले महानगर नेवारी बस्तीमा नेपाल भाषा प्रयोग गरेर आफूहरूले काम गर्दा अपनत्वको व्यवहार पाएसँगै सो भाषा जान्न अति नै आवश्यक रहेको बुझी हिजो (सोमबार)देखि आउँदो असोज ३ गतेसम्म सिकाइने बताएका छन्।

उनले भने, ‘यहाँ बसोबास गर्ने कैयौँ वृद्धवृद्धामा नेपाली भाषाको ज्ञान अभाव पाएसँगै उनीहरूको समस्या सुन्न र बुझ्नसमेत यसले सहयोग गरेको छ ।’ हरेक मानिसले आफू कार्यरत स्थानको भाषा अनि संस्कृति जान्दा धेरै काम बन्दै जाने उनको बुझाइ छ ।

महानगरपालिकामा कार्यरत १३ महिला र ३६ पुरुष गरी ४९ नगर प्रहरीलाई दैनिक बिहान एकदेखि डेढ घण्टाको तालिम दिइने हाछेथुले जानकारी गराए । नेवा स्यानेगुठी प्रशिक्षण केन्द्रका निर्देशक एवं प्रशिक्षक रुबिन शाक्यले प्रहरीले काममा खटिँदा दोहोरो सञ्चार गर्न सक्ने आधारभूत भाषाको प्रशिक्षण दिइने बताए । उनले भने, हामीले नेवारीमा सम्बोधन गर्ने देखिका आवश्यक भाषा सिकाउनेछौँ ।’

प्रमुख चिरीबाबु महर्जनले महानगरपालिकाका भित्री बस्तीमा बढीजसो नेवार समुदाय रहँदा नगर प्रहरीले आफ्ना सेवा चुस्त अनि दुरुस्त बनाउन भाषाको प्रयोग गर्न पाउने बताए । उनले भने, ‘यस क्षेत्रमा लगभग ६० प्रतिशत नेवार रहँदा प्रहरीले सबैसँग मिलेर काम गर्ने पाउनेछन् ।’

लपु महानगरपालिकामा कूल ७८ नगर प्रहरी कार्यरत छन् । सो मध्ये २९ सँग नेपाल भाषाको जानकारी पहिले नै रहँदा प्रशिक्षणमा सहभागी नगराइएको महानगरपालिकाले जानकारी गराएको छ । महानगरपालिकाका पाटन, खोकना, बुङ्मती, सुनाकोठी, हरिसिद्धिलगायतका धेरै क्षेत्रमा नेवारी समुदायको बसोबास रहेको छ ।

प्रतिक्रिया दिनुहोस