३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस महाधिवेशनः वडादेखि नै युवा नेतृत्व स्थापित

अ+ अ-

काठमाडौँ । राजनीतिप्रति युवा पुस्ता आकर्षित छैनन् भन्ने बुझाइलाई गलत सावित गर्दै भदौ १८ गतेदेखि शुरु भएको नेपाली काँग्रेसको वडा अधिवेशनमा युवा नेतृत्वमा स्थापित हुने क्रम बढेको छ ।

युवाको सक्रियता बुढापाकालाई नेता बनाउनेमा मात्र सीमित छैन । कति युवा आफैँ नेतृत्वमा स्थापित हुन थालेका छन् । ९० वर्षसम्मका क्रियाशील सदस्य हुने पार्टीका नेता कार्यकर्तामा १९ वर्षीय युवतीले वडा सभापति जीत हात पारेपछि सामाजिक सञ्जालमा बधाई दिनेको सङ्ख्या बढेको छ । सञ्जालमा धेरैले ‘अब देशमा केही हुन्छ’ भनी सकारात्मक सन्देश प्रवाह गरेका छन् ।

दैलेख जिल्ला दुल्लु नगरपालिका–३ को सभापतिमा १९ वर्षीय स्वस्तिका महत निर्वाचित भएपछि पार्टीका नेता कार्यकर्ता मात्र नभइ अन्य दल एवं क्षेत्रबाट पनि बधाई सन्देशको ओइरो लागेको हो । गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख कांग्रेस काठमाडौँ क्षेत्र नं ३ की सचिव शान्ति नेपालले सामाजिक सञ्जालमा देखेका छन्,– ‘देशभरिका युवा तथा महिलालाई गतिलो सन्देश, महिला पनि नेतृत्व लिन तयार ।’

केन्द्रीय सभापतिमा ६० पार गरिसकेका पाका नेताहरुले दाबी गरिरहेका बेला पार्टीको सबैभन्दा तल्लो निकायमा १९ वर्षका युवा पुग्दा पार्टीमा क्रियाशील युवा समूहमा रक्तसञ्चार भएको छ । सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै महतले वडाका पार्टी नेता कार्यकर्ताले गरेको विश्वासलाई कायम राख्दै नमूनाका रुपमा काम गर्ने प्रतिक्रिया दिएका छन् ।

महत सम्भवतः देशभरका वडामा कान्छो सभापतिका रुपमा निर्वाचित भएकी हुन् । युवा त्यसमा पनि महिला सानै उमेरमा राजनीतिक नेतृत्वमा पुग्नुलाई युगको सन्देशका रुपमा विश्लेषण गर्नेको सङ्ख्या पनि सामाजिक सञ्जालमा धेरै छ । रचनात्मक राजनीतिमा युवा अझै सक्रिय हुनुपर्ने आशयको पोष्ट पनि फेसबुक, ट्विटरलगायत सामाजिक सञ्जालमा भएको छ ।
खेमराज बस्नेतले युवा विरक्तिएर विदेश पलायन भएका बेला १९ वर्षीया युवती पार्टीको वडा तहको नेतृत्व लिन सफल हुनुले सकारात्मक सन्देश दिएको सामाजिक सञ्जालमा लेखेका छन् । महतलाई सामाजिक सञ्जालमा बधाई दिने पनि धेरै छन् । धेरै सञ्चारमाध्यमले यो विषयलाई प्राथमिकताका साथ समाचारमा समेटेका छन् । नरेशप्रसाद जोशीले सामाजिक सञ्जालमा ‘केही गर्न सकिदैन, परिवार गरिब छ, राजनीति धनीले गर्ने हो, हामी केटी मान्छे चार जनाको अगाडि बोल्न त लाज मान्छौँ, यी र यस्तै यावत् चिन्तामा रहेका दिदीबहिनी र महिलामित्रको लागि प्रेरणाको खम्बा सावित भइन् स्वस्तिका महत’ भन्ने वाक्यांश लेखेका छन् ।

बाँकेको नेपालगञ्ज मेडिकल कलेजबाट हेल्थ असिस्टेन्ट (एचए) गरेर फर्किएकी महत बाबु स्वर्गीय भूपेन्द्र महतको राजनीतिक इच्छा पूरा गर्न राजनीतिमा प्रवेश गरेकी हुन् । दैलेख काँग्रेसको उपसभापति भइसकेका भुपेन्द्रको राजनीतिबाट समाज रुपान्तरण गर्ने अभियान पूरा गर्न आफू राजनीतिमा लागेको उनको भनाइ छ ।

यसैगरी अछामको मङ्गलसेन नगरपालिका–१६ मा पनि २२ वर्षीय युवती वडा सभापति निर्वाचित भएको समाचार सार्वजनिक भएको छ । मङ्गलसेन नगरपालिका–१६ मा जानकी रावल (भण्डारी) सभापति निर्वाचित भएकी हु्न् । दैलेख र अछामका अन्य वडामा पनि युवा नेतृत्व निर्वाचित भएको काँग्रेसले जनाएको छ । लामो समयदेखि नेपाल विद्यार्थी सङ्घ र नेपाल तरुण दलको महाधिवेशन नभएकाले पनि युवा विद्यार्थी काँग्रेसकै महाधिवेशनमा उम्मेदवार बन्न थालेका छन् । राजनीतिका माध्यमबाट समाजमा केही गरेर देखाउने सोच बनाएका युवालाई पार्टीको सबै तहको नेतृत्वमा स्थान दिनुपर्ने काँग्रेस काठमाडौँका नेता बुद्धिमान तामाङले बताए ।

लोकतन्त्रको पर्याय दाबी गरेपनि काँग्रेसले समयमा पार्टी र भ्रातृ एवं शुभेच्छुक संस्थाको स्वस्थ अधिवेशनसमेत नगराएको टिप्पणी हुने गरेको छ । वडा तहसम्म लोकतान्त्रिक अभ्यासलाई तीव्रता दिन पनि युवा पुस्ता सक्रिय राजनीतिमा आउनुपर्ने धारणा प्रबल बन्न थालेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस