२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

५८ सहसचिवको सरुवा हुँदै, यी हुन् केही नामावली

अ+ अ-

काठमाडौँ । हप्तौँ लामो तयारी पछि सहसचिव सरुवाको सूची तयार भएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दोस्रो पटक प्रशासन र प्राविधिकतर्फ गरी ५८ जना सहसचिवको सूची तयार पारेर प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पठाएको छ ।

प्रशासन विशेष स्रोतले सरुवा हुने केही सहसचिवहरूको नामावली प्राप्त गरेको छ । जसअनुसार प्रशासनतर्फ ३७, कृषि तथा बन १२ र इन्जिनियरिङतर्फ ९ गरी ५८ जना सहसचिवको सूची तयार भएको छ ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी काली पराजुलीको आर्थिक मामिला तथा योजना मन्त्रालय, प्रदेश नं. १, अर्थ मन्त्रालयका सहसचिवहरू यमलाल भुसाल मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बागमती प्रदेश, ज्ञानेन्द्र पौडेल आर्थिक मामिला तथा योजना मन्त्रालय, बागमती प्रदेश, सुमन दाहाल आन्तरिक मामिला तथा कानून मन्त्रालय, प्रदेश नं. १, धनी राम शर्मा अर्थ मन्त्रालय, गण्डकी प्रदेश, झक्क आचार्य आन्तरिक मामिला तथा कानून मन्त्रालय, कर्णाली प्रदेश र श्याम भण्डारी अक्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएको छ ।

यसैगरी भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम भट्टराई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश नं. १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयका राजेन्द्र पौडेल र प्रदेश नं. २ को अर्थ मन्त्रालयका काशीराज दाहालको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका बिनोद प्रकाश सिंहको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, पर्यटन विभागका महानिर्देशक रुद्र तामाङको आन्तरिक मामिला तथा कानुन मन्त्रालय बागमती प्रदेशमा सरुवा भएको छ ।

हुलाक विभागकी महानिर्देशक आभा श्रेष्ठको आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश नं. २, आन्तरिक मामिला तथा कानुन मन्त्रालय कर्णाली प्रदेशका पुण्यविक्रम पौडेलको दलित आयोग, बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रदीप कोइराला गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, शिक्षा, संस्कृति, विज्ञान-प्रविधि तथा सामाजिक विकास मन्त्रालय, गण्डकी प्रदेशका विनोद बहादुर कुँवर सोही प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा भएको छ ।

प्राप्त सुचीअनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका वैकुण्ठ प्रसाद अर्यालको शिक्षा, संस्कृति, विज्ञान-प्रविधि तथा सामाजिक विकास मन्त्रालय, गण्डकी प्रदेश, हेमराज रेग्मी प्रदेश प्रमुखको कार्यालय, प्रदेश नं. १, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सुदूरपश्चिम प्रदेशका चूडामणि पौडेलको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा भएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका हरि बहादुर केसी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, लुम्बिनी प्रदेश, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका परियोजना निर्देशक वैकुण्ठ अधिकारीको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, बागमती प्रदेश, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, बागमती प्रदेशकी मतिना जोशी वैद्य कृषि तथा पशुपन्छी विकास मन्त्रालय, रिड परियोजनाका परियोजना निर्देशक हस्तबहादुर विष्ट भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, प्रदेश नंं. १, कृषि विभागकी उपमहानिर्देशक जानुका पण्डित भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेश, पशु सेवा विभागकी उपमहानिर्देशक नम्रता सिंह भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, प्रदेश नं. २ मा सरुवा भएको छ ।

इन्जिनियरिङतर्फ भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेशका रामचन्द्र श्रेष्ठ विपद् प्राधिकरण, गणेश बस्ती भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, महेश अर्याल भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय, कर्णाली प्रदेश, अशोक शाह भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय, बागमती प्रदेश, भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय, बागमती प्रदेशका सञ्जीव बराल ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालयका उत्तर कुमार खत्री सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सामाजिक विकास मन्त्रालय, सुदूर पश्चिम प्रदेशका रघुराम विष्ट लगानी बोर्डको कार्यालयमा सरुवा भएको छन् ।

प्रतिक्रिया दिनुहोस