२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेप्से र कारोबार रकम दुवैमा ओरालो

अ+ अ-

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ५०.१३ बिन्दुले घटेर दुई हजार ९२६.८९ मा ओर्लेको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ८.९० बिन्दुले ओरालो लागेर ५४१.७७ बिन्दुमा ओर्लेको छ ।

नेप्से आरोलो लागेसँगै कारोबार रकम समेत ओरालो लागेको छ । कूल २३० कम्पनीको एक करोड ८१ लाख नौ हजार ९६७ कित्ता शेयर रु नौ अर्ब ५० करोड ५९ लाख ७० हजार ८२२ मूल्यमा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूहकै शेयर ओरालो लागेको छ । बैंकिङ १६.४३, व्यापार ३८.५६, होटल तथा पर्यटन ०.९६, विकास बैंक १८६.१३, वित्त ११३.८८, उत्पादन १२७.०५, अन्य ३७.५२, लघुवित्त २३.४७, जीवन बीमा ३४२.०२, सामूहिक लगानी कोष ०.१४ र लगानी ३.५१ बिन्दुले ओरालो लागेको छ ।

कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ५७ करोड ४० लाख १२ हजार २९१ बराबरको कारोबार भयो । अपि पावर कम्पनी रु ३२ करोड ९९ लाख ९८ हजार ४५८, ङादी ग्रुप अफ पावर रु २३ करोड ३१ लाख ४६ हजार ९५३, युनाइटेड मोदी रु २२ करोड २० लाख ७४ हजार ८८२ र हिमालयन डिस्टिलरी रु २० करोड १० लाख ७९ हजार २९० बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

शेयर कारोबार हुने साताको अन्तिम दिनको अवस्थामा बजार पूँजीकरण रु ४० खर्ब ८९ अर्ब ५८ करोड ९४ लाख ६५ हजार ३९ बराबर पुगेको छ । नेप्सेका अनुसार सानिमा लाइफ इन्स्योरेन्स कम्पनी र मनकामना स्मार्ट लघुवित्तको शेयरमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । चन्द्रागिरी हिल्स ५।२३, खानीखोला हाइड्रोपावर ५ र डिप्रोक्स लघुवित्तका लगानीकर्ताले ४।३२ प्रतिशतले कमाए ।

त्यस्तै, नारायणी डेभलपमेन्ट बैंक ६.८७, कर्पोरेट डेभलपमेन्ट बैंक ६.४८, अरुण काबेली पावर ६.०९, एनआरएन इन्फास्ट्रकचर ५.८८ र कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले ५.८० प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस