२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस सभापतिको सशक्त उम्मेदवार हुँ : श्रेष्ठ

अ+ अ-

स्याङ्जा । नेपाली काँग्रेस केन्द्रीय सदस्य एवं सङ्गठन विभाग प्रमुख गोपालमान श्रेष्ठले आफू सभापतिको सशक्त उम्मेदवार रहेको बताएका छन्।

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको तयारी सुरु भएसँगै गृह जिल्ला स्याङ्जा आएका प्रमुख श्रेष्ठले नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै आफू सभापतिको उम्मेदवारीबाट पछि नहट्ने पनि दोहोर्‍याए।

उनले भने, ‘पार्टीभित्रका गुटउपगुटको अन्त्य गर्दै अनुशासित र सबै वर्ग, समुदायको स्वीकार्य सभापति बन्नेछु। सभापति देउवाजीले काँध फेर्न जरुरी छ। सो को जिम्मेवारी मलाई दिनुपर्छ ।’

यसअघि, ११ औँ महाधिवेशनमा कार्यवाहक सभापति भएर जेलमा रहेका देउवाजीलाई सर्व सहमतिमा सभापतिमा चयन गराउन खेलेको भूमिका उनले स्मरण गरे। ‘काँग्रेसको एक इमानदार कार्यकर्ता र विगत ६ दशकदेखि सङ्गठनमा गरेको योगदानको मूल्याङ्कन हुनेमा म विश्वस्त छु,’ श्रेष्ठको भनाइ छ।

पूर्व उपप्रधानमन्त्री समेत रहेका श्रेष्ठले गुटैगुटका कारण काँग्रेस कमजोर बन्दै गएकोमा दुखेसो व्यक्त गरेका छन्। काँग्रेसलाई सबैको पार्टी बनाउन हिमाल, पहाड र मधेशमा बस्ने आदिवासी जनजाति, दलित, मुस्लिम, अल्पसङ्ख्यकलाई साथमा लिएर अगाडी बढ्नुपर्नेमा उनको जोड छ।

सबै क्षेत्र वर्गलाई पार्टीमा प्रतिनिधित्व गराउने पहिलो दल नेपाली काँग्रेस भएकाले सनातन धर्मसहितको धार्मिक स्वतन्त्रता आफ्नो एजेन्डा रहेको जनाए। वर्तमान सरकार गठबन्धनको भएका कारण सरकारले पूर्णता पाउन नसकेको वरिष्ठ नेता श्रेष्ठले सुनाए।

गठबन्धन सरकारले राम्रो कामको थालनी गर्दै अगाडी बढेको दाबी गरे। नजिकिँदै गरेको आसन्न निर्वाचनमा सच्चा, इमानदार काँग्रेसलाई मतदान गरी विजयी गराउन र काँग्रेसको सङ्गठनलाई मजबुत बनाउन वरिष्ठ नेता श्रेष्ठले नेता तथा कार्यकर्तालाई सुझाव दिए।

उनले भने, ‘अवसरवादी उम्मेदवारलाई पहिचान गरी आफ्नो अमूल्य मतलाई सुरक्षित बनाउनुहोस्, क्षमतावान् उम्मेदवारलाई मत दिएर काम गर्ने अवसर दिनुहोस्।’

प्रतिक्रिया दिनुहोस