पहिरोमा पुरिएर एकको मृत्यु, तीन घाइते « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पहिरोमा पुरिएर एकको मृत्यु, तीन घाइते


१६ भाद्र २०७८, बुधबार


अर्घाखाँची । पाणिनी गाउँपालिका–७ अडगुरीमा पहिरोमा पुरिएर एक बालिकाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

मृत्यु हुनेमा जिवलाल सुनारकी नौ वर्षीया छोरी झरना सुनार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक अम्बरबहादुर थापाका अनुसार मङ्गलबार साँझ घरमाथिबाट आएको पहिरोले सुनारको एक तले कच्ची घर पुरिँदा बालिकाको घटनास्थलमा नै मृत्यु भएको र अन्य तीन जना घाइते भएका थिए ।

घाइतेको स्थानीय मेडिकलमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको जनाइको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस