२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नियुक्ति नभएको शिक्षकलाई तलब निकासा

अ+ अ-

फुङ्लिङ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले नियुक्ति नै नगरिएको शिक्षकलाई तलब निकासा गरेको पाइएको छ । गाउँपालिकाभित्र रहेको दुईवटा विद्यालयमा नियुक्ति नभएका शिक्षकका लागि तलब निकासा गरेको पाइएको हो ।

महालेखा परीक्षकको ५८ प्रतिवेदनअनुसार आठराई–त्रिवेणी गाउँपालिकामा रहेको सरस्वती माध्यमिक विद्यालय र छातेढुङ्गा माध्यमिक विद्यालयमा शिक्षक नियुक्ति नगरी तलब निकासा गरेको उल्लेख छ । उक्त विद्यालयले माध्यमिक तह सञ्चालन अनुमति भने विसं २०७६ असारमा शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरमार्फत पाएका थिए ।

माध्यमिक विद्यालय सञ्चालन अनुमतिप्राप्त गरे पनि दरबन्दी स्वीकृत नभएको विद्यालयलाई गणित, विज्ञान र अङ्ग्रेजी विषयका शिक्षकका लागि गाउँपालिकाले तलबवापतको रकम निकासा गरेको हो । उक्त विद्यालयमा सम्बन्धित विषय शिक्षक नियुक्ति नभएको तर, गाउँपालिकाले भने प्रतिविद्यालय रु तीन लाख ६६ हजारका दरले रु सात लाख ३२ हजार रकम निकासा गरेको पाइएको छ ।

यता शिक्षक नियुक्ति नै नगरी गाउँपालिकाले निकासा गरेको उक्त रकम असुलउपर गर्नुपर्ने पनि महालेखा प्रतिवेदनले औँल्याएको छ । नियुक्ति नभएका शिक्षकका लागि रकम निकासा भएको विषयमा आफुलाई कुनै जानकारी नभएको आठराई त्रिवेणी गाउँपालिका शिक्षा शाखा प्रमुख सीतादेवी लावतीले बताइन् ।

प्रतिक्रिया दिनुहोस