२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राप्ती प्रादेशिक अस्पतालका प्रमुखमाथि दुर्व्यवहार गर्ने दोषीलाई कारबाहीको माग गर्दै धर्ना

अ+ अ-

काठमाडौँ । राप्ती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंहमाथि दुर्व्यवहार गर्नेहरूलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै स्वास्थ्यकर्मीले प्रहरी कार्यालयमा धर्ना दिएका छन् ।

अस्पताल विकास समितिका पदाधिकारी, अस्पतालका चिकित्सक र कर्मचारी, निजी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीले संयुक्त रुपमा शनिबार इलाका प्रहरी कार्यालय तुलसीपुरमा धर्ना दिएका हुन् ।

शुक्रबार दिउँसो पौने २ बजेतिर एमाले निकट अनेरास्ववियू दाङका जिल्ला अध्यक्ष सर्जन परियार, दिवस क्षेत्री, गणेश खड्कासहित युवाहरुले डा. सिंहमाथि कालोमोसो दलेर दुव्र्यबहार गरेका थिए ।

अस्पतालमा नभएको कल्चर सेवा विषयमा विवाद हुँदा परियारसहितको टोलीले डा। सिंहमाथि कालोमोसो दलेका थिए । घटनाको विरोधमा आइतबार बिहान ८ बजे विरोध जुलुस निकाल्ने र आइतबार थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने स्वास्थ्यकर्मीले बताएका छन् ।

त्यस्तै उक्त घटनाका दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न नेपाल चिकित्सक सङ्घले माग गरेको छ । महासचिव डा. बद्री रिजालले एक विज्ञप्ति जारी गर्दै घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई प्रचलित कानुन बमोजिम यथाशीघ्र कारबाही गर्न नेपाल सरकार तथा स्थानीय सुरक्षा निकायसँग माग गरेका हुन् ।

‘२०७८ भाद्र ११ गते शुक्रबार दिउसो १ः३० बजे राप्ती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सिंहमाथि गरिएको अत्यन्तै अशोभनीय एवं अकल्पनीय व्यवहारप्रति नेपाल चिकित्सक सङ्घको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस