काठमाडौँ । सर्वोच्च अदालतले प्रदेश नं. २ मा समायोजित ३३ औँ ब्याटका थप ८ जना शाखा अधिकृतहरूलाई पनि सङ्घमै पदस्थापन गर्न अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश डा. कुमार चुडालको एकल इजलासले सङ्घमा पद खाली राखेर प्रदेश एवम् स्थानीय तहमा समायोजन गरिएका ८ जना अधिकृतहरूलाई सङ्घमै पदस्थापन गर्ने गरी पद मिलान गर्न लोक सेवा आयोगका नाममा अन्तरिम आदेश दिएको हो ।


