२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खाँदबारीमा आइसीयू जडान प्रक्रिया बढ्यो अगाडि

अ+ अ-

किमाथाङ्का । सङ्खुवासभास्थित जिल्ला अस्पताल खाँदबारीको आइसीयू उपकरण खरिदमा अनियमितता भएको उजुरीको सुनुवाइ भएको छ । सार्वजनिक खरिद पुनरावलोकन समितिले सो उजुरीको फैसला सुनाएको हो । द मेडिकल सोलुसनले खरिद प्रक्रिया गलत भएको जनाउँदै बोलपत्र स्वीकृत गर्ने आशयको सूचना रद्द गर्न सो समितिमा उजुरी दिएको थियो ।

अस्पतालले गरेको खरिद प्रक्रिया गलत नभएको जनाउँदै सामग्री खरिदका लागि समितिले बुधबार जिल्ला अस्पताललाई आवश्यक प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको जिल्ला अस्पतालका निमित्त प्रमुख सुन्दरश्याम झाले जानकारी दिए ।

अध्यक्ष भीमकुमार ओझा नेतृत्वको समितिले सामग्री खरिद प्रक्रियामा त्रुटि नरहेको निष्कर्ष निकालेको थियो । उपकरण खरिदका लागि सबैभन्दा थोरै रकम कबोल गर्ने सोलुसनको प्राविधिक प्रस्ताव कमजोर रहेको निर्णयमा उल्लेख छ । उक्त निर्णयसँगै अनियमितताको आरोप लगाउँदै पुनरावलोकन समितिमा उजुरी दिने सोलुसनको तीन लाख धरौटी रकम जफत गर्ने भनिएको उनले बताए ।

अस्पतालको आइसीयू सामग्री खरिदसम्बन्धी गरिएको बोलपत्र आह्वानमा पाँच कम्पनीले बोलपत्र पेश गरेका थिए । तीमध्ये आर्थिक प्रस्तावमा बढी रकम पेश गर्ने र्यापिड ट्रेडर्सलाई अस्पतालले छनोट गरेको थियो । उक्त ट्रेडर्सको प्रस्ताव रकम बढी भए पनि सबैभन्दा गुणस्तरीय सामग्री उपलब्ध गराउने कबोल गरेको बायोमेट्रिक विशेषज्ञको सिफारिसअनुसार र्यापिडलाई छनोट गरिएको अस्पतालले विज्ञप्तिमार्फत जनाएको थियो ।

उक्त निर्णयपछि सबैभन्दा न्यून रकम कबोल गर्ने सोलुसनले उजुरी दर्ता गराएको थियो । उक्त उजुरीपछि सार्वजनिक खरिद अवलोकन समितिले अनुसन्धान सुरुआत गरेको थियो ।

सार्वजनिक खरिद अवलोकन समितिको उक्त निर्णयसँगै आइसीयू खरिद प्रक्रिया अघि बढेको अस्पतालले जनाएको छ । अब जति सक्दो चाँडो आइसीयू उपकरण जडान गरी सेवा सञ्चालन गरिने अस्पतालका प्रशासन प्रमुख दिपेश श्रेष्ठले जानकारी दिए । यसका लागि कुनिना गुठीले मासिक तीन लाख उपलब्ध गराउने सम्झौता गरिसकिएको छ ।

प्रतिक्रिया दिनुहोस