४ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लुम्बिनी प्रदेशसभाको बैठक स्थगन

अ+ अ-

बुटवल । लुम्बिनी प्रदेशसभाको आजको बैठक स्थगन भएको छ ।

सभामुख पूर्णबहादुर घर्तीले प्रदेशसभा सञ्चालनमा प्रमुख प्रतिपक्ष दल नेकपा ९एमाले० ले अवरोध गरेकाले बिहीबारसम्म बैठक स्थगन भएको घोषणा गरे।

नेकपा एमालेबाट निर्वाचित प्रदेशसभा सदस्य विमला वली र अजय शाहीलाई पार्टीले कारबाही गरेको र उनीहरुलाई पदमुक्त नगरेकाले प्रदेशसभा स्थगन भएको प्रदेशसभा सदस्य हरि रिजालले जानकारी दिए ।

‘नेकपा एमालेबाट निर्वाचित विमला वली र अजयकुमार शाहीले पार्टीको नीति, निर्देशन र अनुशासन विपरीत कार्यमा संलग्न भएकाले उनीहरुलाई पदमुक्त नगर्दासम्म प्रदेशसभा सञ्चालन गर्न दिइने छैन,’ उनले भने । नेकपा एमालेले प्रदेशसभामा नाराबाजीसमेत गरेको थियो ।

बैठक सुरु भए लगत्तै नाराबाजी गरेका प्रदेशसभा सदस्यहरु हरि रिजाल, तुल्सी चौधरीले रोष्टमबाटै सभामुख पूर्णबहादुर घर्तीसँग सवाल जवाफ गरेका थिए।

सभामुख घर्तीले यसलाई प्रक्रियामा लैजान प्रतिबद्ध भएको भनेर आश्वस्त पारेका थिए । सो बैठक मङ्गलबार पनि स्थगन भएको थियो ।

बैठकमा मुख्यमन्त्री कुलप्रसाद केसीले विशेष समयमा बोल्ने, प्रदेश मामिला तथा कानून समितिका सभापति दामा शर्माले प्रदेश नं ५, प्रदेश पदक ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकसम्बन्धी समितिको प्रतिवेदन सभामा पेस हुने, प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक आर्थिक वर्ष २०७८/७९ को सेवा र कार्यका लागि लुम्बिनी प्रदेश, प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभाबाट फिर्ता गरियोस् भन्ने प्रस्ताव आर्थिक मामिला तथा योजना मन्त्री कृष्णध्वज खड्काबाट पेस भई निर्णयार्थ प्रस्तुत हुने कार्यक्रम थियो ।

प्रतिक्रिया दिनुहोस