२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतमा मङ्गलबार थप ३५ हजार १७८ कोरोना सङ्क्रमित थपिए

अ+ अ-

नयाँ दिल्ली । भारतमा पछिल्लो २४ घण्टामा ३५ हजार १७८ थप सङ्क्रमित थपिएका स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बुधबार जानकारी दिएको छ ।

अहिले यहाँ सक्रिय सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या तीन लाख ६७ हजार ४१५ जना सो मन्त्रालयले जनाएको छ । यो सङ्ख्या सन् २०२० को मार्चपछिकै सबैभन्दा कम भएको अधिकारीले जनाएका छन् । सक्रिय सङ्क्रमितको यो सङ्ख्या कूल सङ्क्रमितमध्येको १.१४ प्रतिशत हो ।

भारतमा अहिलेसम्म कोरोना भाइरसका कारण मृत्यु भएकाको कूल सङ्ख्या चार लाख ३२ हजार ५१९ रहेको छ भने, तीमध्ये ४४० जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो एक दिनमा ३७ हजार १६९ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त भएकाको कूल सङ्ख्या तीन करोड १४ लाख ८५ हजार ९२३ पुगेको छ । कूल सङ्क्रमितमध्ये ९७.५२ प्रतिशत सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् । भारतमा अहिलेसम्म कूल सङ्क्रमितको सङ्ख्या तीन करोड २२ लाख ८५ हजार ८५७ पुगेको छ ।

यही अगस्त १७ सम्ममा भारतमा ४९ करोड ८४ लाख २७ हजार ८३ ओटा स्वाब परीक्षण गरेको भारतीय चिकित्सा अनुसन्धान परिषद्ले जनाएको छ । तीमध्ये १७ लाख ९७ हजार ५५९ जनाको पछिल्लो एक दिनमा परीक्षण गरिएको हो ।

भारतमा गत १६ जनवरीदेखि कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो । सो समयदेखि हालसम्म ५६ करोड छ लाख ५२ हजार ३० डोज खोप लगाइएको छ । पछिल्लो २४ घण्टाको समय अवधिमा ५५ लाख पाँच हजार ७५ डोज खोप लगाइएको पनि स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस