२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

झापामा ब्राउनसुगरसहित छ जना पक्राउ

अ+ अ-

बनियानी । झापाको बिर्तामोड नगरपालिकाको विभिन्न स्थानबाट लागुऔषध ब्राउनसुगरसहित छ जना पक्राउ परेका छन् ।

बिर्तामोड–१ स्थित चारपानेबाट दुई युवती, बिर्तामोड–५ जात्रुबाडीबाट दुई युवा र बिर्तामोड–५ नयाँबसपार्कस्थित मिलनचोकबाट दुई युवकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले मङ्गलबार बेलुका ५ बजे बिर्तामोड–१ स्थित चारपानेबाट सोही स्थानकी देवी तामाङ र बिर्तामोड–५ की २१ वर्षीया सीता खतिवडालाई चार ग्राम ४५ मिलीग्राम ब्राउनसुगर, नगद, ब्राउनसुगर नाप्ने डिजिटल तराजु र दुई थान मोबाइलसहित पक्राउ गरेको उनले बताए ।

उनका अनुसार मङ्गलबार बेलुका ४ बजे बिर्तामोड–५ स्थित जात्रुबारीबाट सोही स्थानका २० वर्षीय रतन राजवंशी र २४ वर्षीय सुरज चौधरीलाई तीन ग्राम ३० मिलीग्राम ब्राउनसुगर र नगदसहित पक्राउ गरेको छ भने बिर्तामोड–५ नयाँ बसपार्कस्थित मिलनचोकबाट अर्जुनधारा–५ का २७ वर्षीय मनोज चौधरी र बिर्तामोड–५ का २३ वर्षीय सुमन तामाङलाई २० ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको थियो ।

लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र अस्थायी प्रहरी चौकी नयाँबसपार्कबाट खटिएको प्रहरी टोलीले ब्राउनसुगर र उनीहरुले प्रयोग गरेको मे२प ८६८६ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ परेका छ जनालाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस