बद्री पंगेनीको स्वरमा नयाँ तीज गीत बजारमा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बद्री पंगेनीको स्वरमा नयाँ तीज गीत बजारमा


३१ श्रावण २०७८, आइतबार


काठमाडौँ । चर्चित लोक तथा दोहोरी गायक बद्री पंगेनी र गायिका पूजा क्षेत्रीको तीज गीत “मेरो मायालु” बजारमा आएको छ । नारीहरूको पर्व हरितालिका तीजको पावन अवसरमा शुभकामनासहित उक्त गीत बजारमा आएको हो ।

बद्री पंगेनीले आवाज दिएका तीज गीतहरू चर्चित छन् । बद्री पंगेनी र गायिका पूजा क्षेत्रीले आवाज दिएको उक्त गीतमा लोकप्रिय मोडल शङ्कर बि.सी., करिश्मा ढकाल र सुजन बाबु क्षेत्रीको अभिनय रहेको छ । म्युजिक भिडियोलाई निर्देशन भने मोडल शङ्कर बि.सीले गरेका हुन् ।

सबैको मन मुटु र जिब्रोमा झुण्डिरहने मिठो भाका र शब्द रचना ग्रामीण भेगको रमणीय मनोरम दृश्य बहुचर्चित सर्जक शिव हमालको लय तथा शब्दमा यो गीत जति हेरे पनि, जति सुने पनि मन अघाउँदैन । “बैशको भेल मायाको खेल, मगमा मग बसाउने तेल, रेशमी केशैमा……. मान्छे छौ सिम्पल गालैमा डिम्पल दिल बस्यो त्यसैमा”

शिव हमालका शब्दहरू साङ्गीतिक खुराक ज्यादै स्वादिलो र रसिलो हुन्छ । यति बेला बजारमा तीजको गीतको एउटा बहार नै आएको छ । अझै तीज गीत आउन केही साताको समय कुर्नै पर्छ । तर पनि बजारमा गीतको होडबाजीको दोहोरी चलिरहेको छ ।

यही समयको गन्जागोल भित्र सामाजिक र एक प्रेमी प्रेमिकाबीच माया पिरतीको कहानीमा जोडिएका हमालका शब्द र रचना एकदमै पृथक् र अलग पहिचान रहेको पाइन्छ ।

राजेश घिमिरेको छाँयाकन र नवीन घर्ती मगरको सम्पादन रहेका म्युजिक भिडियो निकै उत्कृष्ट बनेको छ । उक्त गीत “मेरो मायालु” एक्सिस् इन्टरटेन्मेन्ट युटूव च्यानल मार्फत बजारमा आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस