२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रहरी भन्दै कुटपिट गरी रकम असुल्ने दुई पक्राउ

अ+ अ-

बनियानी । ‘प्रहरी हुँ’ भन्दै कुटपिट गरी रकम असुल्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । कनकाई नगरपालिका–७ का ४० वर्षीय विकास उप्रेती र बिर्तामोड नगरपालिका–३ का ३२ वर्षीय टीका खत्रीलाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।

बिर्तामोड–५ की नयनसरी राजवंशीको घरमा गएर यही साउन ११ गते उप्रेती र खत्रीले ‘हामी सादा पोसाकका प्रहरी हौँ, तपाईँको छोरा लागु औषध खाने बेच्ने गर्छ र डिलर पनि हो, अब छोरालाई जोगाउने हो भने रु २० हजार दिनु, नभए मुद्दा हालिदिन्छौँ’, भनेर धम्क्याउनाका साथै राजवंशीको साथमा भएको रु एक हजार १०० लिएर पछि फेरि पैसा लिन आउँछौँ भन्दै गएका थिए ।

सोही सिलसिलामा यही साउन १४ गते राति नयनसरीको घर पुगेका उनीहरुले उनका छोरा २५ वर्षीय विशाल राजवंशीलाई बाहिर बोलाएर ‘हामी एउटा मिसनमा आएका हौँ, किन गाउँका मान्छेलाई हल्ला गरी बोलाएको ?’ भन्दै उप्रेतीले कम्मरको बेल्ट खोलेर विशाललगायत अन्य व्यक्तिलाई समेत कुटपिट गरेका थिए ।

पीडित राजवंशीले साउन २२ गते इलाका प्रहरी कार्यालय अनारमनीमा दिएको निवेदनका आधारमा उप्रेती र खत्रीलाई पक्राउ गरिएको प्रनाउ थापाले बताए । पक्राउ परेका दुवैलाई इप्रका अनारमनीमा राखेर कानुनी कारबाही अघि बढाइएको थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस