१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णालीमा खोप राख्ने : ‘कोल्ड स्टोर’ नहुँदा समस्या

अ+ अ-

कर्णाली । कर्णालीका अधिकांश जिल्लामा पूर्ण क्षमताका ‘कोल्ड स्टोर’ नहुँदा कोरोनाको खोप भण्डारण तथा व्यवस्थापनमा समस्या देखिएको छ ।

सुर्खेत र जुम्ला बाहेकका जिल्लामा पूर्ण क्षमताका ‘कोल्ड स्टोर’ नहुँदा खोप आपूर्तिमा कठिनाइ भएको देखिएको हो । ती जिल्लामा खोप भण्डारणको समस्याले गर्दा प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले तत्काल आवश्यक खोप मात्र आपूर्ति गर्दै आएको छ ।

निर्देशनालयका अनुसार कर्णालीका हुम्ला, मुगु र डोल्पा जिल्लामा नेपालगन्जस्थित क्षेत्रीय मेडिकल स्टोरबाट हवाइजहाज तथा बाँकी जिल्लामा स्थल मार्ग बाटै ढुवानीको व्यवस्था मिलाइएको छ । ‘कर्णालीका धेरैजसो जिल्लामा खोप भण्डारणको समस्या छ, जसले गर्दा आवश्यक खोप एकै पटक पठाउन सकिएको छैन’, निर्देशनालयका सूचना अधिकारी एवं वरिष्ठ स्वास्थ्य शिक्षा प्रशिक्षक नोदनारायण चौधरीले भने, ‘भएका कोल्ड स्टोरमा पनि सबै खोप अट्न सक्ने क्षमता छैन ।’ उनले सुर्खेत, दैलेख, सल्यान र रुकुम पश्चिममा निर्देशनालयकै रेफ्रिजरेटर भ्यानले खोप ढुवानी गर्ने गरिएको बताए ।

पाँचौँ चरणको खोप अभियानअन्तर्गत हाल कर्णालीका सबै जिल्लामा भेरोसेल र जोन्सन एण्ड जोन्सन खोप अभियान सञ्चालन भइरहेको छ । उत्तरी छिमेकी मुलुक चीनसँग सीमा जोडिएका स्थानीय तहमा भेरोसेल खोप लगाउन थालिएको छ । ती क्षेत्रमा १८ वर्ष उमेर पुगेका सबै नागरिकलाई खोप लगाउने व्यवस्था मिलाइएको छ ।

कोल्ड स्टोरको समस्याले पटक–पटक खोप ढुवानी गर्नुपर्ने बाध्यता रहेको निर्देशनालयका कर्मचारी बताउँछन् । सुर्खेत, दैलेख, कालिकोट, सल्यान, जाजरकोट र रुकुम पश्चिममा जोन्सन एण्ड जोन्सन तथा बाँकी जिल्लामा भेरोसेल खोप लगाउन थालिएको छ । नियमित खोप कार्यक्रमका कारण कतिपय जिल्लामा कोरोना विरुद्धको खोप लगाउन ढिलाइ भएको निर्देशनालयको भनाई छ ।

साढे दुई लाख बढीले खोप लगाए

प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले हालसम्म कर्णालीमा दुई लाख ५९ हजार ७४७ जनाले कोरोना विरुद्धको खोप लगाइसकेको जनाएको छ । यहाँ खोप लगाउनुपर्ने लक्षित वर्गको कूल जनसङ्ख्या १० लाख ९४ हजार ४४७ छ ।

पाँचौँ चरणको खोप अभियान सम्पन्न भएपछि यो सङ्ख्या बढ्ने बताइएको छ । विसं २०७७ माघ १४ गतेदेखि सुरु भएको खोप अभियानको पहिलो चरणमा ‘कोभिशिल्ड’ खोप लगाइएको थियो । यो खोप एक लाख आठ हजार ४८६ जनाले लगाएका थिए । ‘कोभिशिल्ड’ खोप प्राप्त नभएका कारण ८२ हजार ६७० जनाले अझै दोस्रो मात्रा लगाउन पाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस