२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बेलायतको रश्मोर काउन्सिलद्वारा गोरखामा ७० लाखको पिपिई सहयोग

अ+ अ-

लन्डन । बेलायतको रश्मोर बरो काउन्सिलले नेपालको गोरखा जिल्लामा ठुलो परिमाणमा पिपिई सहयोग गरेको छ ।

गत वर्ष जिल्लाको गोरखा नगरपालिकासँग मितेरी साइनो गाँसेको बेलायतको रश्मोर काउन्सिलले रु ७० लाखभन्दा बढीको पिपिई नगरपालिकालाई उपलब्ध गराएको रश्मोर बरोका काउन्सिलर जीव बेल्वासेले बताए।

गोरखाका सबै स्थानीय स्वास्थ्यकर्मी तथा अत्यावश्यक सेवामा खटिएका कर्मचारी र स्वयंसेवकहरूका लागि मास्क, पञ्जा, एप्रोन, जुत्तालगायत स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको रश्मोर अर्का काउन्सिलर नेम थापाले जानकारी दिए ।

काउन्सिलर बेल्वासेको प्रमुख पहलमा गरिएको सहयोग हस्तान्तरणको औपचारिकताका लागि बिहीबार सम्पन्न कार्यक्रममा रश्मोर बरोका प्रमुख ब्रुस थोमसले नगरपालिकाका प्रमुख राजनराज पन्तलाई सहयोग हस्तान्तरण गरेका थिए । भर्चुअल कार्यक्रममा नगरपालिका प्रमुख पन्तले काउन्सिलले हस्तान्तरण गरेको स्वास्थ्य सामग्री जिल्लाका सबै तहमा आवश्यकता अनुसार उपलब्ध गराइने बताए ।

सो अवसरमा रश्मोर बरोका तर्फबाट काउन्सिलका नेता डेभिड क्लिफोर्ड, काउन्सिलरहरु बेल्वासे र थापा, काउन्सिलको डेमोक्रेसी एन्ड कम्युनिटी विभाग प्रमुख एन्ड्रु कोल्भर, ग्रेटर रश्मोर नेप्लिज कम्युनिटीका अध्यक्ष रामधन राई, गोर्खा वेल्फेयर ट्रष्टका ग्यारी घले, पत्रकार वाचस्पति रेग्मी र गोरखा नगरपालिकाका तर्फबाट उपप्रमुख बीना श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्त लगायतको उपस्थिति थियो ।

सहयोग हस्तान्तरण कार्यक्रममा रश्मोर बरोका प्रमुख थोमसले उपलब्ध सहयोग गोरखावासीको स्वास्थ्य सुरक्षाका लागि सहयोगी बन्ने आशा व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस