१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दार्चुला घटनामा भारतले सार्वजनिक क्षमायाचना गर्नुपर्छ : माओवादी केन्द्र

अ+ अ-

काठमाडौँ । माओवादी केन्द्रले दार्चुला घटनामा भारतले सार्वजनिक रूपमा माफी माग्नुपर्ने बताएको छ । राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काटिदिँदा जयसिंह धामी बेपत्ता भएको घटनामा भारतले क्षमायाचना गर्नुपर्ने बताएका हुन् ।

राष्ट्रियसभाको बुधबार बसेको बैठकमा पूर्व परराष्ट्रमन्त्री समेत रहेका श्रेष्ठले प्रारम्भिक तथ्यहरुका आधारमा एसएसबीले नै घटना घटाएको निष्कर्षमा पुग्न सकिने बताए । उनले अघि भने, ‘यो अमानीय, उत्पीडनकारी र क्रुर कार्यको भर्त्सना गर्नुपर्छ । भारतले सार्वजनिक क्षमायाचना गर्नुपर्छ ।’

त्यस्तै उनले नेपाल सरकारले बनाएको छानबिन समितिले पनि तत्काल सत्यतथ्य पत्ता लगाई दोषीलाई कारबाही र पीडितलाई राहतको व्यवस्था गर्नुपर्ने माग गरे । उनले अबका दिनमा ‘हेपाहा प्रवृत्तिका काम नगर्न’ भारतलाई चेतावनी पनि दिएका छन् । पछिल्लो घटनाको कूटनीतिक पहलबाट समाधान निकाल्ने प्रयास राम्रो भए पनि छानबिन समितिको रिपोर्ट छिटोभन्दा छिटो सार्वजनिक गरी भारतसमक्ष गम्भीर विरोध जनाउनुपर्ने श्रेष्ठको माग छ ।

‘छानबिन समितिको रिपोर्ट ल्याएर भारत सरकारसँग छिटोभन्दा छिटो गम्भीर विरोध जनाउनुपर्छ र दोषीलाई कारबाहीको माग तथा पीडित परिवारलाई तत्काल राहत र क्षतिपूर्तिको व्यवस्था गर्नुपर्छ,’ उनले भने ।

त्यस्तै उक्त घटनाबाट नेपाली जनतामा पीडा उत्पन्न भएको श्रेष्ठले बताए । ‘नेपाली जनतामा यस प्रकारको अमानवीय र क्रुर घटनाबाट जुन पीडा पैदा भएको छ । त्यो पीडाले देशभक्तिको बाँध भत्काएर आफै प्रतिकार र प्रतिवादमा आउने कार्य ठीक हुँदैन । त्यसैले सरकारले यस विषयलाई तत्काल सम्बोधन गर्नुपर्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस