२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आवश्यकता र प्राथमिकताका आधारमा योजना तर्जुमा गर्नुपर्छ: मन्त्री यादव

अ+ अ-

जनकपुरधाम । नीति तथा कार्यक्रमलाई अक्षरमै सीमित गर्ने प्रवृत्तिले संस्थागत संरचनाको औचित्यमाथि नै प्रश्न उठेको धारणा व्यक्त भएको छ ।

प्रदेश नं २ को भौतिक पूर्वाधार विकास मन्त्रालयले आज जनकपुरधाममा आयोजना गरेको आव २०७७/७८ को वार्षिक प्रगति समीक्षा तथा प्रदेश मन्त्रालयगत विकास समस्या समितिको बैठकमा सहभागीहरूले सो घारणा व्यक्त गरेका हुन् ।

प्रदेशका मुख्यसचिवलाई छलफलका लागि आग्रह गर्दा चासो नदिँदा समस्या बढ्दै गएको आरोप लगाएका वक्तहरूले भौतिक विकासलाई मात्र विकास विकासको रूपमा लिनाको साटो सामाजिक, सांस्कृतिक मनोवैज्ञानिक विकासमा पनि ध्यान दिनुपर्ने आवश्यकता औँल्याएका थिए ।

भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले आवश्यकता र प्राथमिकता निर्धारण गरी योजना तर्जुमा गर्नुपर्नेमा जोड दिए । उनले आपसी समन्वयको कमीले समस्या समाधान गर्न कठिन भएकोे र होडबाजीले योजना छनोटदेखि कार्यान्वयनसम्म समस्या आएको बताए ।

नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाले सिद्धान्त एकातिर र कार्यान्वयन अर्कोतिर हुनु विडम्बना भएको बताए । सदस्य डा. वैद्यनाथ महतोले योजना छनोट गर्दा धरातलीय अवस्थालाई ध्यान दिनुपर्ने धारणा व्यक्त गरे ।

मन्त्रालयका सचिव दीपककुमार दासले उपलब्धिमूलक योजना छनोट गर्नुपर्ने खाँचो औल्याए । अभियानकर्मी कृष्णकुमार मिश्रले कोरोना सङ्क्रमणका कारण योजनाको कार्यान्वयनमा समस्या आए पनि मन्त्रालयअन्तर्गतका ३२ वटा कार्यालयको वार्षिक कार्यक्रम सन्तोषजनक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस