२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जुम्ला विमानस्थल स्तरोन्नतिमा ढिलाइ

अ+ अ-

खलङ्गा । सदरमुकाम खलङ्गा बजारस्थित जुम्ला विमानस्थालको स्तरोन्नति हुन नसक्दा जहाज अवतरणमा समस्या भएको छ ।

स्तरोन्नतिका लागि बनाइएको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) पनि अलपत्र छ । दुई वर्ष पहिले नागरिक उड्ययन प्राधिकरण र बुद्ध एयरले डिपिआर बनाए पनि अहिलेसम्म त्यसलाई कार्यान्वयनमा ल्याइएको छैन ।

डिपिआरमा विमानस्थल स्तरोन्ततिका लागि रु एक करोड भन्दाबढीको लागत अनुमान गरिएको थियो तर प्राधिकरणले यसमा चासो नदिएको स्थानीयवासी बताउँछन् । तत्कालीन पर्यटनमन्त्री स्व रवीन्द्र अधिकारीले ४० सिट क्षमताको जहाज अवतरण गर्न मिल्ने गरी विमानस्थल बनाउने बचन दिएकामा उनको निधन पछि कसैको पनि ध्यान पुगेको छैन । साँघुरो धावनमार्गका कारण विमानस्थलमा जहाज अवतरणमा समस्या भइरहेको छ ।

विसं २०७५ जेठ २६ मा तारा एयरको जहाज जुम्ला विमानस्थलकै धावनमार्गमा दुर्घटनामा परे पनि मानवीय क्षति भने हुन पाएन । त्यसैबेला विमानस्थल स्तरोन्नतिका लागि पहल भएको र प्राधिकरणको टोली पनि पटक–पटक जुम्ला पुगेर फर्के पनि कुनै काम भएको छैन ।

नेपालगञ्जदेखि जुम्लामा दैनिक न्यूनतम तीनदेखि पाँचवटा उडान हुने गरेको छ । साँघुरो धावनमार्गमा जोखिम मोलेरै भए पनि चालकले उडान भर्ने गरेको विमानस्थल कार्यालयले जनाएको छ ।

तारा एयरका पाइलट प्रभाकर घिमिरे धावनमार्ग जति लामो भयो उति नै सुरक्षित र भरपर्दो हुने बताउँछन्, तर जुम्लालगायत हिमाली जिल्लाका धावनमार्ग धेरै लामा छैनन् । जोमिखका बीच पनि उडान तथा अवरतण गर्नुपर्ने बाध्यता भएको उनको भनाइ छ ।

यात्रुको चापलाई मध्यनजर गर्दा ठूलो जहाजकोे आवश्यकता परेको र त्यसका लागि विमानस्थलको स्तरवृद्धि आवश्यक भएको विमानस्थलका प्रमुख प्रकाश शर्मा बताउँछन् । हाल जुम्लालगायत डोल्पा, मुगु र हुम्लामा १८ सिटे जहाज सञ्चालमा छन् ।

कर्णालीका अन्य जिल्लामध्ये जुम्लामा यात्रुको चाप अत्यधिक हुँदा धेरैले टिकट नपाउने समस्या भएका कारण विमानस्थलको स्तरोन्नति गरेर ठूला जहाज सञ्चालनको आवश्यकता भएको रहेको उनको भनाइ छ ।

जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढा दुई वर्ष पहिले नै डिपिआर तयार भए पनि प्राधिकरण र बुद्ध एयरले अहिलेसम्म चासो नदिएको गुनासो गर्छन् ।

प्रतिक्रिया दिनुहोस