२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या स्थिर, ४० हजार थपिए

अ+ अ-

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या स्थिर रहेको छ ।

पछिल्ला केही दिनदेखि निरन्तर दैनिक औसत ४० हजार जनाका दरले नयाँ सङ्क्रमितहरु थपिएको देखिएको छ । त्यसै गरी ३६ दिनदेखि दैनिक सङ्क्रमितको सङ्ख्या ५० हजारभन्दा कम रहेको पनि अधिकारीहरुले जनाएका छन् ।

कोरोना भाइरसविरुद्धको सतर्कता, खोप अभियानलगायतका कारणले अहिले दैनिक सङ्क्रमितहरुको सङ्ख्या ४० हजारको आसपासमा सीमित भएको विश्लेषण गरिएको छ । अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ४० हजार १३४ जना नयाँ सङ्क्रमित भएका छन् ।

सोही अवधिमा कोरोना भाइरसका कारण भारतमा ४२२ जनाको मृत्यु भएको पनि केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

भारतमा अहिलेसम्म कोरोना भाइरसबाट सङ्क्रमितहरुको कूल सङ्ख्या तीन करोड १६ लाख ९४ हजार ९५८ पुगेको छ ।

त्यसै गरी कोरोनाका कारण कूल मृतकको सङ्ख्या चार लाख २४ हजार ७७३ पुगेको पनि मन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।

भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेका सङ्क्रमितहरुको सङ्ख्या चार लाख १३ हजार ७१८ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा ३६ हजार ९४६ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । एकै दिनमा नयाँ थपिएका सङ्क्रमितहरुको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या थोरै भएकाले अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या भने बढेको छ ।

भारतमा कोरोना भाइरसको महामारी फैलिएदेखि अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरुको कूल सङ्ख्या तीन करोड आठ लाख ५७ हजार ४६७ रहेको छ ।

सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार कूल सङ्क्रमितमध्ये ९७.३५ प्रतिशत सङ्क्रमितहरु सङ्क्रमणमुक्त भइसकेका छन् ।

भारतमा अहिलेसम्म ४७ करोड २२ लाखभन्दा बढी मानिसलाई कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ भने अहिलेसम्म ४७ करोड २२ लाख २३ हजार ६३९ जनाको कोरोना परीक्षण गरिएको छ ।

पछिल्लो २४ घण्टामा १७ लाख छ हजार ५९८ जनालाई कोरोना भाइरसविरुद्धको खोप लगाइएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस