२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्युतीय खम्बा चोरी गर्ने सात जना पक्राउ

अ+ अ-

वाग्मती । मकवानपुको वाग्मती गाउँपालिकाबाट चोरी भएको विद्युतीय खम्बासहित सात व्यक्तिलाई प्रहरीले पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढाएको छ ।

इलाका प्रहरी कार्यालय फाफरबारीबाट खटिएको प्रहरी टोलीले वाग्मती–४ झुरझुरेस्थित धरान–चतरा सडकखण्डबाट स्टिल ट्युवलर विद्युतीय खम्बासहित पक्राउ गरिएको बताइएको छ । वडा नं १ हात्तीटुगेस्थित बाटो छेउमा रहेको ग्रीड सोलार इञ्जिन इफिसेन्सी आयोजनाका स्टिल ट्युवलर विद्युतीय खम्बासहित प्रहरीको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

उनका अनुसार मे१ख १५०५ नम्बरको ट्रकमा सो स्टिल खम्बा लोड गरी झुरझुरेतर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले ट्रक र चोरीमा संलग्न सातै जनालाई पक्राउ गरी अनुसन्धान कार्य शुरु गरिएको छ । साथै उनीहरुका साथबाट नम्बर नखुलेको एक थान मोटरसाइकलसमेत फेला परेको छ ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको मण्डन देवपुर नगरपालिका–१ का ३० वर्षीय जयराम सापकोटा, उदयपुर घर भई हाल भक्तपुरको मध्यपुरठिमी नगरपालिका–७ बस्ने २७ वर्षीय हरि नेपाल, मकवानपुरको वाग्मती–७ बस्ने ३० वर्षीय सुरेश लामा, सोही स्थान बस्ने २२ वर्षीय उमेश लामा, रौतहटको चन्द्रपुर नगरपालिका–३ बस्ने ३२ वर्षीय धनबहादुर लामा र सोही स्थान बस्ने ४० वर्षीय देव पौडेल रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस