२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दरबन्दी नै नभएको ठाउँमा पठाइएका कुशवाहलाई महालेखामै हाजिर गराउन लेखा अधिकृतको माग

अ+ अ-

काठमाडौँ । दरबन्दी नै नभएको जिल्ला समन्वय समिति, पर्सा काजमा पठाइएका रामकुमार कुशवाहालाई महालेखा नियन्त्रकको कार्यालयमा हाजिर गराउन लेखा अधिकृतहरूले माग गरेका छन् ।

करिब तीन दर्जन लेखा अधिकृतहरूद्वारा जारी विज्ञप्तिमा उनीहरूले सङ्घीय मामिला तथा सामान्य प्रशासन र महालेखा नियन्त्रणको कार्यालयको ध्यानाकर्षण गराएका हुन् ।

फर्जी विल भर्पाईको भुक्तानी नियन्त्रण गर्न खोज्दा पर्सागढी नगरपालिका, पर्सामा कार्यरत लेखा अधिकृत ९अधिकृतस्तर सातौँ० कुशवाहालाई राजनीतिक दबाबमा निमित्त प्रमुख प्रशासकीय अधिकृत भरत प्रसाद यादवले महालेखा नियन्त्रक कार्यालयमा फिर्ता पठाएका थिए ।

सोही घटनालाई दिएर लेखा अधिकृतहरूले आफूहरूको ध्यानाकर्षण भएको जनाउँदै कुशवाहालाई गरिएको अनुचित र गैर कानुनी व्यवहार तुरुन्त सच्चाएर स–सम्मान महालेखा नियन्त्रकको कार्यालयमा हाजिर गराउन माग गरेका हुन् ।

‘स्थानीय तहमा निरन्तर खटिएर सेवा प्रवाह गर्ने एक इमानदार, वफादार र कर्तव्यनिष्ठ कर्मचारीलाई आर्थिक अनुशासन पालना गर्ने क्रममा गैर कानुनी कार्य गर्न अस्वीकार गरेकोमा कुनै एक व्यक्तिको सनकको भरमा कानुन हातमा लिएर कार्यपालिकाले समेत सतही निर्णय गरी लेखा अधिकृत रामकुमार कुशवाहलाई गरिएको अनुचित र गैर कानुनी व्यवहार तुरुन्त सच्चाएर स–सम्मान महालेखा नियन्त्रकको कार्यालयमा हाजिर गराउन जोडदार माग गर्दछौँ’ जारी विज्ञप्तिमा भनिएको छ ।

महालेखासँगै सामान्य प्रशासन मन्त्रालयप्रति पनि असन्तोष प्रकट गरेका छन् । ‘महालेखा नियन्त्रक कार्यालयको जिम्मेवारी पन्छाउने प्रवृत्ति प्रति घोर विरोध गर्दै दरबन्दी नै नभएको कार्यालय जिल्ला समन्वय समिति, पर्सामा ३ महिनाको लागि मात्र काजमा खटाउने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सतही र गैरजिम्मेवारीपूर्ण कार्यको समेत विरोध गर्दै उक्त कार्य तुरुन्त सच्चाई रामकुमार कुशवाहालाई लेखा अधिकृतको दरबन्दी भएको कार्यालयमा पदस्थापना गर्ने व्यवस्था गर्न सामूहिक माग गर्दछौँ’

‘समायोजन मार्फत बलपूर्वक स्थानीय तहमा कर्मचारी पठाउने र अत्यन्तै कनिष्ठ हाकिम पठाएर वरिष्ठ कर्मचारीको मनोबल गिराउने तथा पद सोपानको सिद्धान्त विपरीत गरिएको कार्य सच्चाउन समेत सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छौँ’, विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस