३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इराकस्थित अमेरिकी दूतावास नजिकै रकेट आक्रमण

अ+ अ-

बग्दाद । बग्दादको ग्रीन जोनमा अवस्थित अमेरिकी दूतावास नजिकै बिहीबार बिहान रकेट आक्रमण भएको छ ।

रकेट प्रहारबाट दूतावासमा कुनै हानी वा क्षति नपुगेको एक इराकी सुरक्षा अधिकारीले बताएका छन् । इराकी प्रधानमन्त्री मुस्तफा अल खादिमीे सोमबार ह्वाइट हाउसको वार्तापछि वाशिङटनबाट स्वदेश फर्किनसक्दै इराकमा उक्त आक्रमण भएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले यस वर्षको अन्त्यसम्ममा अमेरिकी लडाकू सैनिकलाई इराकबाट फिर्ता बोलाउने घोषणा गरिसकेका छन् । उनले अमेरिकाको सेनाले थोरै सङ्ख्यामा मात्र भए पनि इराकमा बसेर इराकी सेनालाई तालिम र आवश्यक सरसल्लाह भने दिने जानकारी दिएका छ्न् । इराकी प्रधानमन्त्रीसँगको भेटवार्ताका क्रममा राष्ट्रपति बाइडेनले सो जानकारी गराएका हुन् । इराकमा हाल दुई हजार ५०० भन्दाबढी अमेरिकी सैनिक रहेका छन् ।

इराकमा अमेरिकी नागरिक संघसंस्थालक्षित आक्रमणहरु लगभग दैनिक रूपमा हुने गरेका स्थानीय समाचार संस्थाहरूले उल्लेख गरेका छन् । इराकमा पछिल्लो समयमा इस्लामिक स्टेट समूहको उपस्थिति बढ्दै गएको बताइएको छ । हाल इराकमा रहेका अमेरिकी सैनिकले इराकी फौजलाई इस्लामिक स्टेट लडाकूकाविरुद्ध लड्न सहयोग गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस