२० जेष्ठ २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपकुलपति निवास र परीक्षा व्यवस्थापन कार्यालय तोडफोड गर्ने माथि कारवाही गर्न माग

अ+ अ-

कर्णाली । मध्यपश्चिम विश्वविद्यालयले उपकुलपतिको निवास र परीक्षा व्यवस्थापन कार्यालय तोडफोडका घटनामा संलग्न विद्यार्थीलाई कानूनी कारवाही गर्न माग गरेको छ ।

आन्दोलनरत विद्यार्थी सङ्गठनका प्रतिनिधिहरुसँग वार्ता भइरहेका बेला एक्कासी उपकुलपति प्राडा नन्दबहादुर सिंहको निवास रहेको विस्तारित कार्यालय र परीक्षा व्यवस्थापन कार्यालय तोडफोड गरिएको जनाउँदै कानूनी कारवाही लागि प्रहरीमा किटानी जाहेरी दिने उपकुलपतिको कार्यालयले जनाएको छ ।

विश्वविद्यालयद्वारा गठित उच्चस्तरीय समस्या समाधान समिति र विद्यार्थी सङ्गठनबीच वार्ता भइरहेका बेला बुधबार साँझ केही विद्यार्थी तोडफोडमा उत्रिएका थिए । ढुङ्गामुढा प्रहारबाट ती दुई कार्यालयका झ्यालढोका सिसा र गाडीमा क्षति पुगेको छ । उपकुलपतिको कार्यालयले प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति शेरबहादुर देउवालाई अपमान हुने गरी उपकुलपति सिंहलाई जोडेर बनाइएको नक्कली अडियोप्रति घोर भत्र्सना गर्दै त्यसमा संलग्न अपराधीलाई कडा कारवाही गर्नसमेत माग गरेको छ । उपकुलपति कार्यालयद्वारा प्रकाशित विज्ञप्तिमा भनिएको छ, ‘विश्वविद्यालयलाई ध्वस्त पार्न केही व्यक्तिहरु राष्ट्रिय राजनीतिक नेतृत्व परिवर्तनको मौका छोपी आफ्नो पक्षमा पार्न यस्ता आपराधिक क्रियाकलापको सहारा लिएको पाइएको छ, त्यसमा संलग्न आपराधिक व्यक्तिलाई कुनै हालतमा उन्मुक्ति नदिन माग गर्दछौँ ।’

यसैबीच आज आयोजित पत्रकार सम्मेलनमा उपकुलपति प्राडा सिंहले विश्वविद्यालयमा भइरहेको बेथितिविरुद्ध कडा कदम चालेपछि आफूविरुद्ध घेराबन्दी भएको बताए ।’राजनीतिक नेतृत्वलाई गलत तरिकाले आफ्नो पक्षमा पार्न सक्रिय तत्वले अहिले समस्या सिर्जना गरिरहेको छ’, उनले भने,’विद्यार्थी उचाल्ने, नक्कली अडियो तयार गरी विश्वविद्यालयमा सुधार ल्याउन खोज्ने पदाधिकारीलाई हतोत्साही बनाउने प्रयास भइरहेका छन्, त्यस्ता कुण्ठित मानसिकताबाट डराउने कुरै हुँदैन ।’ विश्वविद्यालयको बेरुजु आधाभन्दा बढी असुल गरेको, पदाधिकारी, प्राध्यापक तथा कर्मचारी नियुक्ति प्रक्रियामा खुला आवेदन आह्वान गरिँदा, फजुल प्रशासनिक खर्च नियन्त्रण र विश्वविद्यालयबाट तलब खाई निजी क्याम्पस सञ्चालन गर्ने प्राध्यापक तथा कर्मचारीलाई निगरानी गरेपछि आफूविरुद्ध लगातार षड्यन्त्र भइरहेको उपकुलपति सिंहको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस