अमेरिकामा शक्तिशाली भूकम्प « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

अमेरिकामा शक्तिशाली भूकम्प


१४ श्रावण २०७८, बिहिबार


भर्जिनिया । अमेरिकामा बिहीबार शक्तिशाली भूकम्प गएको छ । अमेरिकाको अलास्का राज्यको पेरिभिल्ले भन्ने ठाउँमा ८.१ म्याग्नीच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ विभागले बिहीबार जनाएको छ ।

स्थानीय समयानुसार दिउँसो २:१५ बजे सो भूकम्प गएको बताइएको छ । सामुद्रिक क्षेत्रमा भएकाले कुनै मानवीय र भौतिक क्षतिको विवरण भने प्राप्त नभएको अधिकारीहरुले जानकारी दिएका छन् ।

भूकम्पको केन्द्रबिन्दु आसपासकै क्षेत्रमा १० किलोमिटर गहिराइमा रहेको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस