२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बझाङमा एमाले एकताको छलफल अन्तिम चरणमा

अ+ अ-

बझाङ । नेकपा एमाले भित्रको आन्तिरिक किचलो बढ्दै गएका बेला बझाङमा भने एमाले एकै ठाउँमा हुने भएको छ । पार्टी भित्रको आन्तरिक विवाद समाधानका लागि गठित कार्यदलको सुझावलाई आत्मासात् गर्दै एकताका लागि छलफल भइरहेको पार्टीका जिल्ला अध्यक्ष अफिलाल ओखेडाले बताए ।

उनले भने, ‘पार्टी एकताका लागि भइरहेको अनौपचारिक छलफल अन्तिम चरणमा पुगेको छ । समन्वय तथा छलफल प्रभावकारी बन्दै गएको छ । जिल्लाभित्र र जिल्लाबाहिर रहेका नेताहरुसँग फोन तथा भेटेरै पनि छलफल भइरहेको छ ।’ जिल्लाका शीर्ष नेताहरुबाट केही दिनभित्रै औपचारिक रुपमा पार्टी एकताको सन्देश आउने उनको भनाइ थियो ।

पूर्ववनमन्त्री तथा एमाले नेता भानुभक्त जोशीले कार्यदलको सुझावअनुसार आफूहरु २०७५ साल जेठ २ गतेको अवस्थामा फर्किने भएपछि सोही कमिटीलाई आधार मानेर एकताको पक्षमा उभिएको जानकारी दिए । उनले भने, ‘एमाले अध्यक्ष तथा निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओली कार्यदलको सुझावअनुसार अगाडि बढ्न सहमत भएकाले हामीहरु पनि एकताको पक्षमा उभिएका हौँ । जिल्लामा पार्टी एकताका लागि छलफल भइरहेको छ । सम्भव भएसम्म हामी चाँडै नै निष्कर्षमा पुग्नेछौँ ।

जिल्लास्थित अन्य नेता तथा कार्यकर्ताहरुसँग पनि छलफल भइरहेकाले बझाङबाट चाँडै एकताको सन्देश आउने उनले बताए । जिल्लामा एमालेलाई एकताबद्ध बनाएर लैजान युवा नेताहरु पनि लागिपरेका छन् । हालसम्म एकताका पक्षमा सबै नेताहरु सकरात्मक भएकाले एकताको छलफल करीब अन्तिम चरणमा पुगेको अखिल नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज आशाकुमारी विकले बताइन् ।

प्रतिक्रिया दिनुहोस