२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सङ्घीय र प्रदेश सांसद विकास कोषको योजना अनुगमन

अ+ अ-

भक्तपुर । जिल्ला समन्वय समिति भक्तपुरले भक्तपुर नगरपालिकाभित्र भएका विभिन्न विकास आयोजनाको स्थलगत अनुगमन गरेको छ ।

जिसस प्रमुख नवराज गेलालको नेतृत्वमा उपप्रमुख सरिता कुँवर, जिल्ला समन्वय अधिकारी जगन्नाथ लामिछानेसहितको टोलीले मङ्गलवार नगरपालिकाभित्र सङ्घीय तथा वाग्मती प्रदेश सरकारको बजेटबाट भएको भौतिक पूर्वाधार निर्माणको स्थलगत अनुगमन गरेको हो ।

सङ्घीय सांसद प्रेम सुवाल र वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईँमार्फत आएको केन्द्र र प्रदेश सरकारको बजेटबाट आव २०७७/७८ मा भएका नौ वटा योजनाको टोलीले अनुगमन गरेको हो । विसं २०७२ को महाभूकम्पले भत्किएको भनपा–२ स्थित शारदा माध्यमिक विद्यालयको सङ्घको रु २५ लाख र प्रदेशको रु ४० लाखको लागतमा भइरहेको भवन निर्माणको टोलीले अनुगमन गरेको छ ।

त्यसै गरी टोलीले सङ्घीय सरकारकै रु २५ लाखको बजेटमा निर्माणको अन्तिम चरणमा पुगेको १०० वर्ष पुरानो लन्चा फल्चा (बाटो छेउको पाटी) को अनुगमन गरेको छ । भदौसम्ममा निर्माण सम्पन्न हुने पाटी ३० वर्ष अगाडि भत्किएर जीर्ण भएपछि यो ठाउँको नाम नै भत्केको पाटी रहन गएको उपभोक्ता समितिका अध्यक्ष कृष्णनारायण पुमरीले जानकारी दिए।

टोलीले वाग्मती प्रदेशको रु १० लाखको लागतमा निर्माण सम्पन्न भनपा–१ स्थित गणेश माविको हल, नःपली पुलबाट नःपली चोकसम्मको ग्याबियन पर्खाल र सडक कालोपत्रेको अनुगमन गरेको छ । साथै टोलीले प्रदेशकै रु ४० लाखको बजेटमा भनपा–२ शहीद स्मृति बाल उद्यानको निर्माण अन्तिम चरणमा पुगेको र रु ३० लाखको लागतमा वडा नं ४ स्थित राम मन्दिर काउन्टरबाट मूदीप पछाडिसम्मको सडक ट्र्याक निर्माणको अनुगमन गरेको छ ।

टोलीले प्रदेशको रु ५० लाखको बजेटमा निर्माण सम्पन्न भएको भनपा–८ स्थित लिवाली आवास क्षेत्रको सडक पेटीको स्तरोन्नति र रु २० लाखको बजेटमा लिवाली बाल विकास स्कुल परिसरको उत्तरतर्फको खुला क्षेत्रमा ढुङ्गा छपाइ र उद्यान निर्माणको अनुगमन गरेको छ । जिसस सदस्य उमेश श्रेष्ठ, शकुन्तला श्रेष्ठ, गीता देउजा, कमला पोखरेल, बाबुकाजी श्रेष्ठ, श्रीराम ब्याञ्जु, गीता बिसुंखे, भक्तपुर नगरपालिकाका प्रशासकीय अधिकृत दामोदर सुवाल, योजना इन्जिनियर श्रीकृष्ण न्याइच्याइसहितको टोलीले स्थलगत अनुगमन गरेको हो ।

जिसस प्रमुख गेलालले अनुगमनका क्रममा प्रभावकारी रूपमा काम भएको पाइएको बताउँदै अनुगमनमा गुणस्तरीय काम भए/नभएको, कुन–कुन योजना सम्पन्न भए, कुन–कुन योजना सम्पन्न बाँकी छन्, सबै योजना कहिलेसम्म सकिन्छ त्यसको जानकारी लिएको बताए। जिसस समन्वय अधिकारी लामिछानेले अनुगमनका क्रममा काम प्रभावकारी भए पनि कार्यस्थलमा योजनाको विवरणसहितको बोर्ड नराखिएको बताए। उनले उपभोक्ता समितिका अध्यक्षहरुलाई तत्काल सबै योजनामा बजेट, मितिसहित वितरण भएको बोर्ड राख्न आग्रह गरे ।

भनपाका प्रशासकीय अधिकृत सुवालले सबै योजना ठेक्का नलगाई उपभोक्ता समितिमार्फत गराएकाले समितिमार्फत काम गर्दा थोरै बजेटमा धेरै काम भएको बताए । प्रदेशसभा सदस्य गोसाईँमार्फत आएको थप बजेटमध्ये रु १० लाखको लागतमा भनपा–८ स्थित भीम आदर्श आधारभूत विद्यालयको प्लास्टर र भर्‍याङ छोप्ने कार्य, रु १२ लाख ३० हजारको लागतमा समाज सुधार माविको शौचालय निर्माण तथा प्लास्टर गर्ने कार्य, रु १० लाखको लागतमा भनपा–७ स्थित चण्डेश्वरी आधारभूत विद्यालयको पर्खाल निर्माण, रु १० लाखकै लागतमा समाजसेवा इन्स्टिच्युटमा झ्याल खापा र प्लास्टर गर्ने कार्य भइरहेको छ ।

त्यस्तै रु २० लाखको बजेटमा भनपा–६ स्थित प्रभात माविको पर्खाल, ढल निकास र शौचालय निर्माण, रु २० लाखको बजेटमा वडा नं २ स्थित वासु माविको पर्खाल निर्माण कार्य भइरहेको भनपा प्रशासकीय अधिकृत सुवालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस