प्रदेशको नामकरणबारे छलफल शुरु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रदेशको नामकरणबारे छलफल शुरु


१२ श्रावण २०७८, मंगलबार


विराटनगर । प्रदेश नं १ को नामकरणको लागि मुख्यमन्त्री शेरधन राईले आजदेखि छलफल थालेका छन् ।

प्रदेश नं १ को प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका नेताहरुसँग मुख्यमन्त्री राईले नामकरणको विषयमा परामर्श थालेका हुन् । चालू अधिवेशनबाटै प्रदेशको नाम राख्न मुख्यमन्त्री राईले प्रयास थालेका हुन् । प्रदेशसभाको बजेट तथा आठौँ अधिवेशन अर्को सूचना जारी नभएसम्म स्थगन भएको छ भने यही सेरोफेरोमा सर्वसम्मति एवं सहमति जुटाउन मुख्यमन्त्री राई प्रदेशको नामकरणका लागि छलफल शुरु गरेका हुन् ।

मुख्यमन्त्री राईले दलका नेताहरुसँग प्रदेशको नामका लागि सहमति गरेर अगाडि बढ्नुपर्ने भन्दै छलफललाई तीव्रता दिएका छन् । प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायतका दलका नेताहरुसँग मुख्यमन्त्री राईले छलफल गरेका हुन् । छलफलका क्रममा दलका नेताहरुले आ–आफ्नो पार्टीभित्र समान धारणा बनाएर अगाडि बढाउने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस