३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ट्यूनिशियामा राष्ट्रपतिद्वारा संसद निलम्बनको समर्थन र विरोध गर्दै प्रदर्शन, झडपमा सयौँ घाइते

अ+ अ-

ट्यूनिस । ट्युनिसियामा राष्ट्रपतिले निर्वाचित प्रधानमन्त्रीलाई अपदस्थ गरी सत्ता आफ्नो हातमा लिएसँगै समर्थन र विरोधमा ठाउँठाउँमा प्रदर्शनहरू भएका छन् । दुई समूहबीच भएका झडपहरूमा सयौँ मानिस घाइते भएका बताइएको छ ।

राष्ट्रपति काइस साइदले आइतबार प्रधानमन्त्री हिसेम मेशीशीलाई हटाई नयाँ प्रधानमन्त्रीको सहयोगमा नेतृत्व आफुले लिने बताएका थिए । यहाँको सबैभन्दा ठूलो दल एन्नाहधाले राष्ट्रपतिको कदमलाई ‘कू’ को सज्ञा दिएको छ ।

प्रधानमन्त्री मेशीशीलाई हटाई संसद निलम्बन गरेसँगै उनको समर्थनमा हजारौँ मानिस सडकमा ओर्लिएका थिए । सोमबार राष्ट्रपतिले चालेको ‘अप्रजातान्त्रिक’ कदमको विरोधमा एन्नाहधा लगायतका दलले आफ्ना कार्यकर्तालाई राष्ट्रपतिको विरोधमा उत्रिन आह्वान गरेको छन् ।

कोभिड–१९ को महामारी नियन्त्रणमा सरकारले अपेक्षाकृत भूमिका खेल्न नसकेको भन्दै ट्यूनिशियाली नागरिकले सुशासनका लागि आन्दोलन गर्दै आएका थिए । पछिल्ला दिनहरूमा प्रदर्शनकारी र प्रहरीबीच झडपहरू भएपछि राष्ट्रपतिले संसद् निलम्बन गरेका हुन् ।

‘ट्यूनिशियामा सामाजिक शान्ति पुनर्बहाल नभएसम्म र हामी राष्ट्रलाई सुरक्षित नतुल्याएसम्मका लागि राजनीतिक नेतृत्व नयाँ प्रधानमन्त्रीको सहयोगमा हामीमा निहीत रहनेछ,’ साईदले टेलिभिजनमार्फत् गरेको सम्बोधनका क्रममा भने । राष्ट्रपति कार्यालयमा आपत्कालीन सुरक्षा बैठक गरेपछि टेलिभिजनमार्फत् देशबासीका नाममा सम्बोधन गरेका हुन्।

घोषणासँगै ट्यूनिससहित अन्य थुप्रै सहरमा झडपहरू भएका छन् । त्यस क्रममा प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै थुप्रै प्रदर्शनकारीलाई गिरफ्तार गरेको छ । राष्ट्रपति साईदले थप हिंसाहरू भए त्यसलाई नियन्त्रणमा लिन सेनाको प्रयोग गरिने चेतावनी दिएका छन् ।

‘म चेतावनी दिन चाहन्छु कि जोसुकैले पनि यदि अस्त्र उठाउनेबारे साचेमा र जोसुकैले पनि गोली चलाउँछ भने सशस्त्र फौजहरूले गोलीको जबाफ गोलीमार्फत् दिनेछन्,’ उनले भने ।

संसद्माथि ‘सम्भावित खतरा’ छ भने त्यसलाई निलम्बन गर्ने अधिकार संविधानले आफूलाई प्रदान गरेको राष्ट्रपतिको दाबी छ । तर निलम्बनमा परेको संसद्का सभामुख राशिद गनुशीले ट्यूनिशियाको ‘क्रान्ति र संविधानमाथि कू गरिएको’ प्रतिक्रिया दिएका छन्

प्रतिक्रिया दिनुहोस