२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल लाइफको ‘नौलो केटाकेटी जीवन बीमा योजना’ सार्वजनिक

अ+ अ-

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सले केटाकेटी शिक्षा र विवाह सावधिक जीवन बीमा योजनाको व्यापक सफलता पश्चात् अझ परिस्कृत रूपमा ‘नौलो केटाकेटी जीवन बीमा योजना’ सावधिक जीवन बीमा ल्याएको छ ।

नेपाल लाइफले ग्राहकको आवश्यकता तथा चाहना अनुसारका बीमा योजनाहरू बजारमा ल्याउने क्रममा यो नौलो केटाकेटी जीवन बीमा योजना ल्याएको हो ।

यस नौलो केटाकेटी जीवन बीमा योजनामा १ वर्षदेखि १७ वर्षसम्म उमेर समूहका बालबालिकाको ५ वर्षदेखि ३० वर्षसम्म समय अवधिको न्यूनतम एक लाख देखि आम्दानीको आधारमा अधिकतम बीमाङ्क छनोट गर्न सकिने कम्पनीले जनाएको छ ।

यस सावधिक जीवन बीमालेखमा १ वर्षदेखि ७ वर्षसम्म उमेर भएको बीमितको बीमा प्रारम्भ मितिबाट २ वर्ष पूरा भएपश्चात् वा ७ वर्ष उमेर पूरा भएपश्चात् (जुन पछि आउँछ) मात्र बीमालेख अन्तर्गतको जोखिम प्रारम्भ हुनेछ । त्यसैगरि बीमितको उमेर ८, ९ वर्ष भएमा १० वर्ष पुरा भएपछि र बीमितको उमेर १०, ११ वर्ष भएमा बीमाको बार्षिकोत्सव मितिदेखि बीमालेख अन्तर्गतको जोखिम प्रारम्भ हुनेछ ।

बीमालेख परिपक्व अवधिसम्म बीमित जीवित रहेमा बीमाङ्क रकम र आर्जित बोनस एकमुष्ठ प्रदान हुनेछ । कथमकदाचित बीमाको जोखिम प्रारम्भ हुनु अगावै बीमितको मृत्यु भएको खण्डमा सम्पूर्ण बीमा शुल्क (ऐच्छिक बीमा शुल्क बाहेक) प्रस्तावकलाई भुक्तान गरिनेछ । त्यसैगरी बीमा जोखिम प्रारम्भ पश्चात् बीमितको मृत्यु भएमा तत्काल बीमाङ्क रकमको २५ प्रतिशत भुक्तान दिइनेछ भने बाँकी ७५ प्रतिशत बीमाङ्क रकम र आर्जित बोनस रकम व्याज सहित एकमुष्ठ बीमा अवधि समाप्तिमा प्रस्तावकलाई भुक्तान गरिनेछ ।

वार्षिक ३ किस्ता बीमाशुल्क भुक्तानी गरी जोखिम प्रारम्भ भएको बीमालेखमा ३ वर्ष पूरा भए पश्चात् समर्पण मूल्य प्राप्त हुनेछ भने समर्पण मूल्यको ९० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सकिनेछ ।

यदि बीमाशुल्क छुट सुविधा (पीडब्लुबी) लिएको छ भने यस बीमालेखले प्रस्तावकको जोखिम समेत बहन गर्ने छ । बीमालेख चालु रही बीमा अवधि भित्र प्रस्तावकको दुर्घटनाको कारणबाट स्थायी अङ्गभङ्ग भई स्थायी अशक्तता भएमा बाँकी बीमाशुल्क भुक्तानीमा पूर्ण छुट दिइनुका साथै अपाङ्ग अशक्त सुविधा बराबर रकम मासिक १२० समान किस्ता मा अपाङ्ग अशक्त सुविधा उपलब्ध गराइने छ ।

मासिक आय सुविधा (एमआईबी) लिएको अवस्थामा बीमालेख प्रारम्भ भएपश्चात् बीमा प्रस्तावको मृत्यु भएमा, मृत्यु भएको अर्को महिनादेखि मासिक आय सुविधा बीमाङ्कको १ प्रतिशत रकम मासिक रूपमा केटाकेटी १८ वर्ष वा बीमा अवधि समाप्ति (जुन अगाडि आउँछ) सम्म कम्पनीले उपलब्ध गराउने छ । त्यसैगरी बच्चाको जोखिम कभर सुविधा (सिआरसी) लिएका बीमितको हकमा बीमा प्रारम्भ भएको २ वर्ष पश्चात् नै बच्चाको जोखिम बहन गर्न सकिनेछ ।

कम्पनीको बीमा शुल्क (प्रिमियम) विभिन्न डिजिटल पेमेन्ट सिस्टम तथा डिजिटल वालेटबाट भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस