पौडेल पक्षको बैठक कोइराला निवासमा बस्दै « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

पौडेल पक्षको बैठक कोइराला निवासमा बस्दै


१० श्रावण २०७८, आइतबार


काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आज बैठक बोलाएको छ। बैठक आज १२ बजे महामन्त्री शशाङ्क कोइरालाको निवासमा बोलाइएको हो ।

बैठकमा १४ औँ महाधिवेशनको तयारी तथा क्रियाशील सदस्यतामा देखिएका विवादबारे छलफल हुने बताइएको छ ।

वरिष्ठ नेता पौडेल, महामन्त्री कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरू रामशरण महत, अर्जुननरसिंह केसी, मिनेन्द्र रिजाललगायत बैठकमा सहभागी हुने तथा केन्द्रीय क्रियाशील छानबिन समितिका तीन सदस्यलाई पनि बैठकमा बोलाइएको छ।

यस अघि पदाधिकारी तथा पूर्व पदाधिकारीहरूको बैठकले साउन १२ गतेका लागि तोकिएको वडा अधिवेशन भने स्थगित गर्ने निर्णय गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस