काठमाडौँ । नेकपा एमालेको युवा संगठन युथ फोर्सको काठमाडौँ उपत्यकास्तरीय समिति (भ्याली कमान्ड) घोषणा भएको छ । शनिबार राजधानीमा आयोजित एक कार्यक्रममार्फत युथ फोर्सको भ्याली कमाण्ड घोषणा भएको हो ।
एमाले महासचिव ईश्वर पोखरेलले सो संगठनको भ्याली कमाण्ड घोषणा गरेका हुन् ।
माइतीघरदेखि नयाँ वानेश्वर हुँदै युथ फोर्सको र्याली कार्यक्रमस्थल बबरमहलस्थित कार्की ब्यांकेटमा पुगेर सभामा परिणत भएको उक्त सभामा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली उपस्थित हुने भनिएपनि उनको सट्टामा महासचिव पोखरेल कार्यक्रममा उपस्थित भएका हुन् ।