२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

के सक्नुहुन्छ गर्नुस् भनेपछि उप प्रमुखले थुनिन् प्रमुख प्रशासकीय अधिकृतलाई !

अ+ अ-

काठमाडौँ । राजदेवी नगरपालिकाकी उप प्रमुख अंशु सिंहले निमित्त प्रमुख प्रशासकीय अधिकृत सुबोध साहलाई कार्यकक्ष मै थुनेकीछिन् ।

नगर सभाको निर्णयको प्रतिलिपि दिन आलटाल गरेपछि उप प्रमुख सिंहले निमित्त प्रमुख प्रशासकीय अधिकृत साहलाई कार्यकक्षभित्रै थुनेकी हुन् ।

नगर अधिवेशनमा भएको निर्णय, नगर अधिवेशन हुनुभन्दा पूर्व भएको निर्णयहरूको प्रतिलिपि लिखित रूपमा माग गर्दा आज दिने भोलि भन्दै पन्छाएको र अन्तिममा दिन सक्दिन के गर्नुहुन्छ गर्नुस् भनेपछि आफूले थुनेको उप प्रमुख सिंहले बताएकी छिन् ।

निर्णय पुस्तिकाको प्रतिलिपि उपलब्ध गराउन नगर प्रमुख धिरेन्द्र कुमार सिंहबाट तोक लगाएर निवेदन दिँदा पनि प्रमुख प्रशासकीय अधिकृतले दिन नमानेको सिंहको दाबी छ । आज दिन्छु, भोली दिन्छु भन्दै हप्तौँसम्म पनि कागजात उपलब्ध नगराएको र कहिले हस्ताक्षर भएको छैन भन्ने त कहिले फोन नै नउठाउने भएपछि कार्यकक्षमै भएको मौका छोपी कार्यालय पुगेकी उप प्रमुख सिंहले केही उपाय नलागेपछि आफूले थुन्नुपरेको बताएकी छिन् ।

गत आर्थिक वर्षमा गरेको खर्चको हिसाब किताब समेत सार्वजनिक गर्नुपर्ने बताउँदै आएकी उप प्रमुख सिंहले आफ्नो पक्षका निर्वाचित जनप्रतिनिधिलाई बोलाएर बन्द कोठामा नगर सभा गरेको र उप प्रमुखलाई सहभागी नगराएको बताएकी छिन् । प्रमुख र प्रशासकीय अधिकृत मिलेर आफूलाई बाइपास गरेको बताउँदै उनले सत्य तथ्य खोजबिन गर्छ भनेर नै आफूलाई सबै जानकारीबाट वञ्चित गराएकोसमेत बताएकी छिन् ।

असार मसान्तका कारण सिँहले भनेकै समयमा कागजपत्र उपलब्ध गराउन नसकेको मिमित्त प्रमुख प्रशासकीय अधिकृत साहले स्वीकारेका छन् । तर जहिल्यै बिरोध मात्रै गर्ने र त्यो दिन पनि गाली गलौच गरेर थुनेको उनले बताए । उनले कागजात मागेको दिन मेयर विरगंज गएको दिन परेकोले दिन नसकेको साहले बताए ।

यद्यपि थुनेको दिनमा प्रमुख बाहिर निस्कनै लाग्दा पनि प्रमुख प्रशासकीय अधिकृतले आलटाल गरेको र निस्किसकेपछि किन यस्तो गरेको भन्दा उल्टै दिन सक्दिन भनेको बताएकी छिन् ।

त्यसो त नगर पालिकाका लेखापाल नागेन्द्र साह र योजना प्रमुख पङ्कज मिश्राले कार्यालयमा अनुपस्थित भई गौर नगरपालिकास्थित घर र डेरा बाटै कार्यालयको काम गरिरहेको आरोपसमेत स्थानीयले लगाएका छन् ।

राजदेवी नगरपालिकामा ८ महिनामा छ जना हाकिम परिवर्तन भईसकेका छन् ।

प्रतिक्रिया दिनुहोस