२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘स्यानी माया’लाई चार दिनमै आठ लाख भ्यूज

अ+ अ-

बागलुङ । मौलिक र झर्रो रत्यौली गीत ‘स्यानी माया’को म्युजिक भिडियोले युट्युबमा सार्वजनिक भएको चार दिन नबित्दै आठ लाख बढी ‘भ्यूज’ बटुलेको छ ।

‘वसन्त थापा’ युट्युब च्यानलबाट गत सोमबार साँझ सार्वजनिक उक्त गीतको म्युजिक भिडियोलाई हालसम्म आठ लाखभन्दा बढी पटक हेरिएको छ । गीतलाई ३६ हजारले ‘लाइक’ र चार हजार ५०० बढीले टिप्पणी गरेका छन् । गीतमा वसन्त थापा, उमेश अधिकारी, सुनिता बुढा क्षेत्री, चन्द्रा सुवेदी र जानुका कँडेलको स्वर रहेको छ । शब्द र लय गायिका सुवेदीले रहेको छ ।

केटा पक्षको शब्द भने गायक थापाले लेखेका छन् । गीतको भिडियोमा गायक थापासहित दुर्गेश थापा, ओवी रायमाझी, दिपाशा विसी, बीना विश्वकर्मा र युनिशा खत्रीको अभिनय रहेको छ । सङ्गीत संयोजन सङ्गीतकार आशिष अविरलले गरेका छन् । ‘अभ्यास डिजिटल’ले गीत बजारमा ल्याएको हो ।

मौलिक गायन, ठेट लय र शब्दका कारण गीतलाई छोटो समयमै स्रोता÷दर्शकले रुचाएका हुन् । गायक थापाले गीतबाट राम्रो प्रतिक्रिया पाएको बताए । सर्जक÷गायिका सुवेदीले यसअघि सोही भाकामा टिकटक र युट्युब माध्यममा गीत गाउँदै आएकी थिइन् ।

गायक थापाकै पहलमा सुवेदीलाई स्टुडियोसम्म ल्याएर गीत रेकर्ड गराइएको हो । तीज पर्वको अवसर पारेर उक्त रत्यौली भाकाको गीतलाई स्रोता÷दर्शकमाझ ल्याइएको गायक थापाले बताए । गीतमा आमा, छोरा र बुहारीको संवाद छ । आमाप्रति सन्ततिको श्रद्धा र सन्ततिप्रति आमाको प्रेममय आर्शीवचनलाई गीतमा लयबद्ध गरिएको छ ।

अश्लिलता मिश्रित रत्यौलीको परम्परा तोडेर यस गीतले लोक जीवनको शब्द, लय र सङ्गीतलाई मुखरित गरेको छ । ‘गीतको सन्देश फरक भए पनि भाका भने रत्यौली नै हो’, गायक थापाले भने । सुर्खेतमा जन्मीएकी सुवेदीले सङ्कलन गरेको यस भाकामा उनी स्वयमले पहिलोपटक स्टुडियोसम्म पुगेर स्वर दिएकी हुन् ।

प्रतिक्रिया दिनुहोस