काठमाडौँ । नेपाली काँग्रेसका संस्थापन इतर समूहका नेताहरुले पार्टी समायोजनका नाममा जथाभावी क्रियाशील सदस्यता नदिन आग्रह गरेका छन् ।
काँग्रेस केन्द्रीय सदस्यहरु डा। चन्द्र भण्डारी, धनराज गरुङ, कमला पन्त, रत्ना शेरचन, गगन थापा, बद्री पाण्डे, गुरुराज घिमिरे, सरिता प्रसाईं, रामकृष्ण यादव र किरण यादवले संयुक्त विज्ञप्ति जारी गरी जथाभावी क्रियाशील सदस्यता वितरण गर्दा पार्टीको मर्मतमाथि प्रहार भइरहेको उल्लेख गरेका छन् ।
विधि र प्रक्रिया नाघेर जथाभावी वितरण गरिएका क्रियाशील सदस्यताले काँग्रेसलाई बलियो नबनाउने भन्दै उनीहरुले यसलाई तुरुन्त रोक्न नेतृत्वको ध्यानाकर्षण समेत गराएका छन् ।