२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाठ्यपुस्तक पाइए पनि पढाइ भएन

अ+ अ-

मान्म । कालीकोटका नौ वटै स्थानीय तहका सामुदायिक विद्यालयका सबै विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराइसक्दा पनि पढाइ हुन सकेको छैन ।

जिल्लामा कोभिड–१९ को महामारी कारण विद्यालय बन्द भएपछि वैकल्पिक माध्यमलाई प्रयोगमा ल्याउन नसक्दा करिब ७० हजार विद्यार्थीको पढाइ हुन नसकेको हो ।

वैशाखबाटै विद्यालय नखुलेका कारण विद्यालयले पाठ्यपुस्तक वितरण गरे पनि पढाइ कसरी गर्ने भन्नेमा अन्योल रहेको खाँडाचक्र नगरपालिका–१ पञ्चदेवल माविका सहायक प्रधानाध्यापक चन्द्रप्रसाद कोइरालाले बताए । ‘पढाइ कसरी गर्ने भन्नेबारे अहिले पनि अन्योल छ । कोभिड–१९ को जोखिम अझै छ’, उनले भने, ‘विद्यालय नखुल्दा विद्यार्थीको पढाइमा बाधा पुगेको छ ।’

विद्यार्थीको पढाइका लागि वैकल्पिक माध्यम पनि सहज नभएकाले समस्या भएको नरहरिनाथ गाउँपालिका–९स्थित जनप्रभात माविका प्रधानाध्यापक निर्मलकुमार विष्टले जानकारी दिए। ‘विद्यार्थीलाई पढाउनका लागि वैकल्पिक माध्यम बनेको न इन्टरनेट छ भने नत विद्यार्थीलाई भौतिक उपस्थितिमा पढाउने अवस्था छ ।’

विद्यालय नखुले पनि विद्यार्थीहरुलाई घरघरमा नै पुगेर पाठ्यपुस्तक वितरण गरिएको तिलागुफा नगरपालिकाका प्रमुख रतनबहादुर शाहीले जानकारी दिए। ‘विद्यालय खुल्ने या नखुल्ने अहिले नै भन्न सकिने अवस्था छैन’, उनले भने, ‘विद्यार्थीले स्वअध्ययन गरून् भनेर घरघरमा नै पुगेर पाठ्यपुस्तक वितरण गरिएको छ ।’

गाउँमा इन्टरनेट सुविधा नहुँदा अनलाइन कक्षा सञ्चालन गर्न नसकिएको र कोरोना सङ्क्रमण फैलने जोखिमका कारण विद्यालय खोल्न समस्या भएको पचालझरना गाउँपालिकाका अध्यक्ष खड्कराज सेजुवालले बताए। ‘अनलाइन कक्षा सञ्चालनबारे छलफल भए पनि सबै ठाउँमा इन्टरनेट र टेलिफोन छैन’, उनले भने, ‘यो वर्ष पनि विद्यार्थीको पठनपाठनमा अन्योल कायमै छ ।’

जिल्लाका सामुदायिक विद्यालयका शिक्षकले सबै विद्यार्थी र शिक्षकमा कोरोना खोप नलगाएसम्म पठनपाठन हुन नसक्ने जनाएका छन् । पठनपाठनका लागि शिक्षक र विद्यार्थीहरुलाई कोभिड–१९ को खोप पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जिल्ला शिक्षक महासङ्घका सदस्य पदमबहादुर मल्लले जोड दिए । ‘विद्यार्थी र शिक्षकलाई खोप नदिए पढाउन सकिने अवस्था छैन’, उनले भने, ‘कोरोना खोपको पहिलो प्राथमिकतामा शिक्षक र विद्यार्थीलाई राखिनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस